बीके नेवा-
इजरायल विश्वभरका यहुदी धर्मावलम्वीहरुको प्राचीन राष्ट्रको नयाँ रुप हो । आधुनिक इजरायलका रुपमा यो सन् १४ मे १९४८ मा अस्तित्वमा आएको हो । यहुदीको धर्मग्रन्थ अहदनामाका अनुसार करिब तीन हजार वर्ष पहिलेदेखि इजरायलमा यहुदीहरु अस्तित्वमा आएका हुन् । यहुदी धर्मका संस्थापक पैगम्बर हजरत अब्राहम हुन् । उनले विभिन्न १२ जाति मिलाएर इजरायल राज्य स्थापना गरेका थिए । उनकै वंशबाट यहुदीहरुको विस्तार भएको हो । विभिन्न समयमा कट्टरपन्थी इसाई तथा मुसलमान शासकहरुबाट यहुदीहरुमाथि आक्रमण र नरसंहार तथा राज्य विस्थापित गर्ने काम भयो । जसले गर्दा ज्यान जोगाउन यहुदीहरु विभिन्न मुलुकमा छरिएर बसे । नयाँ इजरायल राष्ट्रको स्थापनासँगसँगै उनीहरु फेरि सङ्गठित भई शक्तिमा आए । आजको इजरायल हरेक हिसाबले शक्तिशाली राष्ट्र बनेको छ ।
इजरायल पवित्र भूमि हो । ईसाई धर्मका प्रवर्तक जिसस क्राइस्टको जन्म पनि इजरायलको नासिरत प्रान्तको एक गाउँ बेतलेहममा भयो । क्राइस्ट र उनको परिवार जन्मजात यहुदी थिए । क्राइस्ट भगवान कृष्णका भक्त थिए । सन् १८६९ मा एक फ्रेन्च कानुनविद् एवं साहित्यकार लुइस जेकोलियतले आफ्नो पुस्तकमा श्रीकृष्ण तथा क्राइस्टलाई तुलनात्मक अध्ययन गर्दै जीसस शब्दको विषयमा लेखेका छन् क्राइस्टको ‘जिसस’ नाम उनकै अनुयायिले दिए । संस्कृतमा यसको अर्थ मूल तत्व भन्ने हुन्छ । लुइस अगाडि लेख्छन्, ‘क्राइस्ट’ शब्द पनि कृष्ण शब्द कै रुपान्तरण हो । ईशाले कृष्णको सट्टा क्रिसना शब्द प्रयोग गरे यही क्रिसना शब्द नै युरोपमा ख्रिस्तान या क्राइस्ट भयो ।’ लुइसका अनुसार इशाले भारतको जगन्नाथ मन्दिरमा धेरै समय बिताएका थिए । अर्का रुसी अन्वेषक निकोलस नोतोविचका अनुसार क्राइस्ट १३ वर्षको उमेरमा भारत जाने क्रममा ,सिल्क मार्ग हुँदै हेमिस बौद्ध आश्रममा पुगेका थिए र उनले त्यही बसेर बौद्ध शिक्षा लिए उनले निर्वाणको महत्व बुझेका थिए । उनले १८ वर्ष भारत बसेर संस्कृत भाषा, बौद्ध एवं हिन्दु धर्म ग्रन्थहरुको अध्ययन गरेका थिए । उनलाई भागवत गीता अत्यन्त प्रिय भयो र गीता रसबाट प्रभावित भए ।
क्राइस्टले कृष्णनीति अर्थात कृश्चियनिटीको ज्ञान प्रचार गरेकै कारण यहुदी धर्मका कट्टर गुरुहरुमा त्रास पैदा भयो । उनीहरुले क्राइस्टको विरोध गरे । ३० वर्षको उमेरमा ईशाले इजरायली जनताको यहुदी धर्मको एक नयाँ रूप प्रचारित गर्न सुरु गरे । उनले ईश्वर ( ईश्वर एउटै छ ) साक्षात प्रेमरूप छ र पशुवलि र कर्मकाण्ड चाहँदैन । यहुदीको कट्टरपन्थी रब्बियो (धर्मगुरु)ले ईशाको भारी विरोध गरे । रोमन गभर्नर पिलातुससमक्ष इशाविरुद्ध उजुरी गरे । कट्टरपन्थीहरूलाई प्रसन्न गर्न पिलातुसले ईसालाई मृत्युदण्डको सजाय सुनाए । उनलाई यातनापूर्वक सूलीमा चढाएर मारियो ।
उता युहदी धर्मका प्रवर्तक हजÞरत इब्राहमले पनि एक ईश्वरमा आस्था राख्थे । उनले चलाएको धर्म यहूदी धर्मलाई इजरायली र हिब्र्रू भाषीले राजधर्म हो । पवित्र ग्रन्थ तनखÞलाई बइबलको प्राचीन भाग मान्दछन् । यो धर्म तीन हजार वर्ष भन्दा पुरानो हो । यहुदी धर्मको विस्तारका क्रममा इसाई तथा मुसलमान धर्म अगाडि आएको हो । विश्वमा १४ करोड ३० लाख मानिसले यहुदी धर्म मान्ने गरेका छन् ।
यहुदीहरु मुख्य रूपमा जेरुसेलम ा तथा वरपर ’युदा’ नामक प्रदेशमा बस्न थालेका हुन् । इजÞरायलीहरुको धार्मिक एवं सामाजिक सङ्गठनलाई युदावाद भनिन्थ्यो । त्यस समय जेरुसेलम यहुदी धर्मको केन्द्र बन्यो । यहुदी एक इश्वरवादी धर्म थियो । तर त्यहाँका धार्मिक कट्टरवादीलाई यो कुरा मन परेन । उनीहरुले यहुदीमाथि आक्रमण गरेपछि उनी प्यालेस्टाइनतर्फ बसाइ सरे । निर्वासनपछि एज्रा, नैहेमिया, आगे, जाकारिया और मलाकिया यस धार्मिक नवजागरणका नेता बने । पछि जा पहला काफली जेरुसेलम फर्के । उनले मन्दिर तथा तथा प्राचीन स्मारकको जीर्णोद्धार गरे । जेरुसेलम स्थानीयवासी,प्रवासी तथा आप्रवासी यहुदीहरुको केन्द्रस्थल बन्यो ।
जेरुसेलममाथि युनानीको आक्रमण भयो । यहुदीहरुले त्यसको विरोध गरे । कला कौसल, ज्ञान ,क्षमता र सीपका धनी यहुदीहरु विभिन्न मुलुकमा छरिएर रहन थाले उनीहरु युरोपदेखि अमेरिकासम्म पुगे । उनीहरु उच्च पदमा पनि पुगे । यो कुरा कट्टरपन्थीहरुलाई मन परेन । पहिलो र दोस्रो विश्वयुद्धमा यहुदीहरु मारिए, लखेटिए । हिटलरले मात्र जर्मनीमा ६० लाख यहुदीको नरसंहार गरे । दोस्रो विश्वयुद्ध सकिएपछि संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा सन् १९४८ मा यहुदी राष्ट्रका रुपमा नयाँ इजरायलको जन्म भएको हो । साथै अधिनस्थ प्यालेस्टाइन राज्य । यहुदीहरुले अरुको भूमि हडपेर इजरायल बनाएको नभई उनीहरु त्यहीकै आदिवासी भएको घटनाक्रमले पुष्टि गरेको छ । तर इजरायल र प्यालेस्टाइन साथै अरबसँगको विवाद अहिलेसम्म साम्य हुन सकेको छैन ।
इजरायल र प्यालेस्टाइनबीचको विवाद समाधान गर्न धेरै अन्तर्राष्ट्रिय प्रयास भए पनि सफल हुन सकेन । पछिल्लो समयमा दुई राज्यको अवधारणाबाट समास्या समाधान हुन नसकेको भन्दै अमेरिकाले नीति परिवर्तन गर्यो । अमेरिकाले विवादास्पद पूर्वी जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिएको छ । इजरालयको राजधानी तेलअभिभमा रहेको अमेरिकाको दूतावास पूर्वी जेरुसेलममा सारिएको छ । । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व समाधान गर्ने दुई राज्यको अवधारणासम्बन्धी नीति परिवर्तन गर्दै पूर्वी जेरुसेलमलाई इजरायको राजधानीको मान्यता दिएपछि नयाँ विवाद सुरु भएको छ ।
प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता नदिने पक्षमा आएको ट्रम्पको नयाँ नीतिले इजरायली नेतृत्व उत्साहित भए पनि समग्रतामा प्यालेस्टाइन स्वतन्त्र हुने र दुई राष्ट्रको मान्यताका आधारमा मेलमिलाप कायम गर्ने अन्तर्राष्ट्रिय प्रयास ओभेलमा पर्ने खतरा बढेको छ । अमेरिकाको यो अतिवादी सोच आफैमा समस्या हो भने यस्तै अतिवादी सोच इजरायल र प्यालेस्टाइन दुवै पक्षमा छ यो अर्को समस्या हो । इजरायली नेतृत्व अहिलेसम्म स्वतन्त्र प्यालेस्टाइन राज्यको पक्षमा उभिएको छैन भने प्यालेस्टिनीहरुले इजरायललाई यहुदी राज्यका रुपमा स्वीकारेका छैनन् ।
विवाद समाधानका लागि इजरायली प्रधानमन्त्री नेतान्याहुको शर्त छ, ‘सर्वप्रथम प्यालस्टिनीहरुले इजरायललाई यहुदी राज्यका रुपमा स्वीकार गर्नुपर्छ । उनीहरुले इजरायलाई ध्वस्त बनाउने लक्ष्य त्याग्नुपर्छ र आफ्ना मानिसहरुमा त्यस्तो धारणा विकास गर्ने काम बन्द गर्नुपर्छ ।’
इजरायल र प्यालेस्टाइनबीचको युद्ध र विवाद आजको होइन ,यसको लामो इतिहास छ । इजरायलीहरु शक्तिशाली र प्यालेस्टिनीहरु कमजोर बन्दै गएकाले हरेक युद्धमा प्यालेस्टिनीहरुले ठूलो क्षति भोग्दै आएका छन् । सन् १९९३ मा प्यालेस्टिनी नेता यासेर अराफात र इजरायली प्रधानमन्त्री इत्ज्याक रविनबीच भएको ओस्लो शान्ति सम्झौताले विवाद मिल्ने ठूलो आशा गरिएको थियो तर सो सम्झौताको विरोध गर्दै अतिवादी यहुदीले रविनको हत्या गरेसँगै शान्तिसम्झौता नै असफल भयो र फेरि द्वन्द्व चर्कियो ।
सन् २००४ मा अराफातको निधन र त्यसपछि कट्टरवादी हमास समूहको प्यालेस्टिनी नेतृत्वका कारण इजरायलसँग मतभेद झन् बढ्दै गयो । अत्यन्तै जटिल र कठिन यो विवाद मिलाउन गरिएका थुप्रै प्रयास विफल भए ।
सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घकै मध्यस्थतामा इजरायल अस्तित्वमा आएदेखि राज्य गुमाएका प्यालेस्टिनीहरुले त्यसयता लगातार स्वतन्त्रताका लागि सङ्घर्ष गर्दै आएका छन् । इजरायल सम्पन्न र सुन्दर छ, इजरायलीहरु सम्पन्नताको शिखर चुम्दै छन् भने प्यालेस्टिनीहरु विपन्न छन्, इजरायलसँगको चरम विवाद र सङ्घर्षका क्रममा हजारौँ मानिसले ज्यान गुमाएका छन् । अर्बौका भौतिक संरचना ध्वस्त भएका छन् । दुवै पक्षलाई मिलाउन दर्जनौँ पटक द्विपक्षीय , बहपक्षीय र अन्तर्राष्ट्रिय प्रयास भए पनि सफल हुन नसक्दा परिस्थिति झन् जटिल बनेको छ ।
अहिले समस्याको जड भनेकै दुवैतर्फको अतिवादी सोच र अविश्वास नै हो । एकले अर्कालाई विश्वास नगरेसम्म र एकले अर्काको स्वतन्त्र अस्तित्वलाई हृदयदेखि नै स्वीकार नगर्दासम्म मध्यपूर्वको जटिल यो समस्याको दिगो समाधान सम्भव छैन । इजरायल हरेक हिसाबले शक्तिशाली हुँदाहुँदै पनि प्यालेस्टिनीहरुको समर्थनविना सुरक्षित भएर ढुक्कसँग बस्न सक्दैन भने इजरायले नचाहेसम्म जतिसुकै सङ्घर्ष गरे पनि प्यालस्टिनीहरुको मुक्ति सम्भव देखिएन ।