२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

क्षमतावान विद्यार्थीहरुका लागि ‘सानो सपना’, प्रदर्शनी चित्रकलामा


२२ मंसिर २०७५, शनिबार  

0
Shares

ललितपुर। शनिवार ललितपुरको झम्सिखेलमा रहेको इभोक क्याफेमा विशेष क्षमता भएका १८ बालबालिकाले बनाएका चित्र प्रदर्शन भएको छ।
एसओएस बालग्राम जोरपाटीका १० जना र वोधिसत्व इन एक्सन(बिआइए)का ८ जना विशेष क्षमता भएका बालबालिकाले बनाएका चित्र हेर्न विभिन्न विद्यालयाका विद्यार्थीहरुसमेत पुगेका थिए।

विशेष क्षमता भएकाहरुका लागि एउटै चित्र बनाउनसमेत धेरै समय लाग्ने गरेको आयोजक सपना साहले बताइन्। आर्ट थेरापिस्टसमेत रहेकी साहले विगत ३ वर्षदेखि यी विद्यार्थीलाई चित्रकला सिकाउन जोरपाटीको एसओएस धाउँदै आएकी छिन्।

त्रिभुवन विश्वविद्यालय फाइन आर्ट डिपार्टमेन्टकी लेक्चररसमेत रहेकी उनी हप्ताको एकदिन उनीहरुलाई चित्रकला पढाउन पुग्छिन्।
साह भन्छिन् ‘कोही नभएको र काम पनि नहुँदा डिप्रेसन हुन सक्छ। त्यसैले उहाँहरुले सक्ने किसिमका काममा इन्गेज गराउँदा खुसी हुन्छन्। व्यस्त हुन्छन्। यसले एक त सीप पनि बढ्छ। अर्को उनीहरुमा उत्साह पनि थपिन्छ।’

सर्भाइभल नेपाल, हाउस अफ प्यालेट्स, स्पिन्ज बिबिले कार्यक्रमको प्रायोजन गरेको हो। हाल एसओएसमा विशेष क्षमता भएका ४५ जना रहेको र १० जना चित्रकलामा सहभागी भइरहेको एसओएस बालग्राम जोरपाटीकी रमा कार्कीले बताइन्।

जीवनलाई सफल बनाउन र समाजले हेला गरेका क्षेत्रका व्यक्तिहरुलाई सहयोग गर्न पाउँदा आफूहरुलाई गर्व लागेको सर्भइभल नेपालका सुशील कोइरालाले बताए।

यता बिआइएए फाउन्डेसनले भने विशेष क्षमता भएकाहरुलाई थाङ्कादेखि हेन्डीक्राफ्टसम्म सिकाउने गरेको बिआइएकी छिरिङ डोल्करले सुनाइन्। हाल बिआइएमा १ सय २० जना रहेको र यसमध्ये ८ जना चित्रकलामा सहभागी भएको उनले बताइन्।

प्रकाशित मिति : २२ मंसिर २०७५, शनिबार  ३ : ५२ बजे