१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बौद्धधर्मवलाम्बीको महान पर्व ल्होसारको विदा कटौतिको विरोधमा नेपाल शेर्पा संघद्धारा बुझायो ज्ञापन पत्र


Ang

३ पुस २०७५, मंगलबार  

0
Shares

बौद्धधर्मवलाम्बी समुदाय अन्र्तगत शेर्पा समुदायको महान पर्व ल्होसारमा पाउदै आएको सार्वजनिक विदा वर्तमान सरकारले कटौति गरेको विरोधमा नेपाल शेर्पा संघको अध्यक्ष आङ दोजी शेर्पा लामाकेा नेतृत्वमा गएको प्रतिनिधि मण्डालले गृहमन्त्रि राम बहादुर थापा बादललाई ज्ञापन पत्र बुझायो ।

प्रतिनिधि मण्डालमा संघीय सभासद जीपछिरिङ लामा शेर्पा , संघीय समाजवादी पाटीका नेता आङकाजी शेर्पा किसान, बौद्धखेन्पो आचार्य नुर्बु शेर्पा, पुर्व सभासद आङ दावा शेर्पा, शेर्पा सेवा केन्द्रका अध्यक्ष सोनाम छोटी शेर्पा, शेर्पा महिला संघको अध्यक्ष ङिमी शेर्पा र  शेर्पा संघका कोषाध्याक्ष फुरिता शेर्पा सहाभागी थिए ।

शेर्पा समुदायको प्रतिनिधि मण्डालले नेपाल सरकारको विभिन्न चाडपर्वकेा तिथिमिति प्रयोग गरिने पञ्चाङग निर्णय समितिको पात्रोमा बारम्बार ल्होसारको तिथिमिति गल्ती गदै आएकोले यस्तो त्रुटि हुन नदिन बौद्ध धर्मवलाम्बी लगायत अन्य समुदायको प्रतिनिधि राख्नु पर्ने माग गरेका छन । स्मरण रहोस सरकारी पात्रोले शेर्पाकेा समुदायको यो बर्ष माघ २२ गते परेको ल्होसार फागुन २४ गते राखेर गल्ती गरेकोमा सर्वत्र विरोध गरेका छन ।

गणतन्त्र स्थापनासंगै अन्तरिम संविधानले आदीवासी जनजातीहरु शेर्पा समुदाय लगायत अन्य विभिन्न समुदायको महान पर्व ल्होसार, किराती समुदाय राई र लिम्बुको उभौलि, मगर समुदायको माघे सक्रान्ती, तराईबासी आदीवासी जनजातीको छट र जितिया पर्वको विदा कटौतिको विरोधमा आदीवासी जनजातीले विरोधको घोषणा गरेको छ ।

प्रकाशित मिति : ३ पुस २०७५, मंगलबार  ९ : ०४ बजे