खोटाङ । मानसिक सन्तुलन गुमाएपछि खोटाङको छितापोखरीकी ३३ वर्षीया रमिला तामाङ दुई वर्षदेखि खोरमा थुनिएकी थिइन्।
रमिलालाई दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले उद्धर गरी उपचारमा पठाएका छन् । मानसिक सन्तुलन गुमाएकी रमिलालाई गत मंगलबार गाउँपालिकाको सहयोगमा काठमाडौं पठाइएको हो । गाउँपालिकाले उनलाई दश हजार सहयो गरेको छ ।
मानासिक सन्तुलन गुमाएकी उनलाई यसअघि धरान लगिएपनि उपचार हुन नसकेपछि स्थानीयले उनलाई खोर बनाएर थुनेका थिए । ३३ वर्षीया रमिलालाई चारैतिर जालीले घेरेर काठको खोरमा थुनिएको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि गाउँपालिका अध्यक्ष राई प्रहरी र सञ्चारकर्मीसहित उद्दारमा पुगेका थिए ।
रमिलाका श्रीमान कृषक हुन् भने उनका एक छोरी र एक छोरा छन् । उनको हाल लगनखेलस्थित मानसिक अस्पतालमा उपचार भइरहेको छ ।