१ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025

अनेसास बोर्ड अफ ट्रष्टीको अध्यक्षतामा खत्री ।


Ang

८ पुस २०७५, आइतबार  

0
Shares

अन्तराष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) को बोर्ड अफ ट्रस्टीज (बिओटी) को हालै सम्पन्न निर्वाचनले गीत खत्रीको नेतृत्वमा नया कार्यसमिति चयन गरेको छ । सन २०१८ देखि २०२२ सम्मको विओटिको नया कार्यसमितिमा अध्यक्ष खत्रीसंगै सचिबमा शिव लामीछाने, कोषाध्यक्षमा राम लामा अविनासी र सदस्यमा तीर्थराज अधिकारी निर्वाचित भएका छन । त्यस्तै पुरस्कार समितिको अध्यक्षमा डा. गोपी उप्रेती निर्विरोध तथा उपाध्यक्ष पदमा पदम विश्वकर्मा ४० मत र पुरु सुवेदी ३२ मत प्राप्त गरि विजयी भएको छ । उहांहरुको निकटतम प्रतिद्धन्दी बलराम थापाले २३ मत प्राप्त गरेका थिए ।

अनेसास बोर्ड अफ ट्रस्टी सदस्यहरु संयुक्त राज्य अमेरिका, नेपाल, जापान, अस्ट्रेलिया, कुवेत, इजरायल र म्यानमार समेत गरी कूल ६१ जना सदस्य रहेकामा यस पटकको निर्वाचनमा कूल ५७ मत खसेको थियो । निर्वाचन गत डिसेम्बर १५ देखि १८ सम्म भएको थियो । नेपालबाहिरका मुलुकमा छरिएका नेपालीहरुकाबीच नेपाली भाषासाहित्यको विकास विस्तार गरी नेपाली भाषा साहित्यलाई प्रवासका नेपाली नया पुस्ताबीच जीवन्त राख्ने भावनाले सन् १९९१ मा होमनाथ सुवेदीको अध्यक्षतामा वासिङटनडिसिमा अन्तर्रा्ष्टि्रय नेपाली साहित्य समाजको स्थापना भएको थियो । हाल अनेसासका विभिन्न ३० भन्दा बढी देशमा करीब ८० शाखाहरु क्रियाशील छन् ।

करीब तीन दशक पुरानो अनेसासको विश्वको विभिन्न मुलुकमा धेरै शाखाहरु विस्तार भइसक्दा पनि केन्द्रिय कार्यालय भवन नभएको अवस्थामा यस कार्यसमितिले अनेसासको केन्द्रिय कार्यालय भवनको व्यवस्था मिलाइ हरेक दुई वर्षमा वितरण गर्ने, अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारको छनौट प्रक्रिया र पुरस्कारको स्तरलाई अझ व्यवस्थित र पारदर्शी बनाउने कार्यमा नवनिर्वाचितको पहिलो प्राथमिकता रहेको अध्यक्ष खत्रीले बताए ।

प्रकाशित मिति : ८ पुस २०७५, आइतबार  २ : ०६ बजे