२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

कांग्रेस महासमितिले पारित गर्‍यो संघीय विधान, सरकारविरुद्ध आन्दोलनको तयारीमा रहन देउवाको निर्देशन


८ पुस २०७५, आइतबार  

0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलनको तयारीमा रहन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सभापति देउवाले सरकार निरंकुश बन्दै गएको उल्लेख गर्दै त्यसलाई रोक्न पनि काँग्रेसले आन्दोलनको तयारी गर्नु परेको पनि स्पष्ट पारे । आईतबार नौं दिनयता काठमाडौंमा जारी पार्टीको महासमिति बैठकलाई समापन गर्दै देउवाले आगामी पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर सरकारविरुद्धको आन्दोलनको कार्यक्रम घोषणा गर्ने पनि जानकारी दिए । सभापति देउवाले पार्टी भित्र केही विषयमा असहमति रहेपनि थाति राखेर सरकारविरुद्ध लडन पनि पार्टीका नेताहरुलाई सचेत गराए ।

कार्यक्रममा बोल्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकबाट नेपाली काँग्रेस एकतावद्ध भएको दावी गरे । पौडेलले नेपाली काँग्रेसलाई ७० वर्ष लामो राजनीतिक संघर्षले एकतावद्ध हुन सिकाएको उल्लेख गर्दै अव जनताको काम गर्न पार्टी एकतावद्ध भएर अघि बढने विश्वास पनि व्यक्त गरे ।

महासमिति बैठक पार्टीको संघीय विधान पारित गर्दै सम्पन्न भएको हो । विधानमा १४ सदस्यीय पदाधिकारी राख्ने सहमति जुटेको छ । त्यसमा कोषाध्यक्षबाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था पनि गरिएको छ ।

 

प्रकाशित मिति : ८ पुस २०७५, आइतबार  ८ : ३९ बजे