३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

मिस्टर एन्ड मिस शेर्पाका प्रतियोगीले देखाए प्रतिभा, पुस १५ मा फिनाले [फोटोफिचर]


१० पुस २०७५, मंगलबार  

0
Shares

काठमाडौं।  दोस्रो ‘मिस तथा मिस्टर शेर्पा २०१८’ का प्रतियोगीले आफ्नो प्रतिभा प्रस्तुत छन् ।

मंगलवार राजधानीको तीनचुलेस्थित बौद्ध गार्डेन पार्टी प्यालेसमा आयोजित ट्यालेन्ट शो कार्यक्रममा उनीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन्।

डिपास इन्टरनेसनलले आयोजना गरेको कार्यक्रममा १८ जना सहभागीहरुले गीत, नाच, चित्रकला तथा वक्तव्यमार्फत आफ्नो कला प्रस्तुत गरे ।

मिस शेर्पा उपाधिका लागि ९ युवती र मिस्टर शेर्पा उपाधिका लागि ९ युवा अडिसन राउन्ड पार गर्दै  ट्यालेन्ट राउन्डमा आइपुगेका हुन् । प्रतियोगिताको फिनाले यही पुस १५ गते रामहिटीस्थित रामनगर पार्टी प्यालेसमा हुने भएको छ ।

विनिता राई, मोडल तथा गीतकार राज लुईटेल, मिस शेर्पा- २०१७ की विजेता सोनाम डोल्मा शेर्पा र प्रियंका भन्डारीले जजको भुमिका निभाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पूर्वराज्यमन्त्री आङ छिरिङ शेर्पा, डिपास इन्टरनेसनलकी अध्यक्ष पासाङ शेर्पा(छेल्हामु), नेपाल शेर्पा संघका अध्यक्ष एडी लााम शेर्पा, नेपाल महिला शेर्पा संघकी अध्यक्ष निमी शेर्पा, नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पा, नेपाल शेर्पा विद्यालय संघका अध्यक्ष डोमा छिरिङ शेर्पा, शेर्पा समुदायमा पहिलो लेखक लाक्फुटी शेर्पालगायतको उपस्थिति थियो ।

कार्यक्रमका प्रमुख अतिथि शेर्पाले यस्तो खालको अवसर शेर्पा युवाहरुले पाएकोमा खुसी व्यक्त गर्दै भने, ‘मलाई यो कार्यक्रम अत्यन्तै राम्रो लाग्यो । ट्यालेन्ट साथै आत्माविश्वा बढाउन यो कार्यक्रमले मुख्य भुमिका खेल्छ ।’

शेर्पा जातिकै भाषा तथा संस्कृतिलाई आगमी दिनमा प्राथमिकता दिन पनि आयोजकलाई उनले सुझाव दिए ।

नेपाल महिला शेर्पा संघका अध्यक्ष निमी शेर्पाले आफुहरुको पालामा पनि यस्तो मञ्चं पाएको भए अझै धेरै प्रगति गरिने गुनासो पोख्दै भनिन्, ‘यो मञ्चंले आफ्नो परिचय र प्रशनालिटि बढाउन महत्वपूर्ण भुमिका खेल्छ।’

हरेक व्याक्तिलाई आत्माविश्वास बनाउन यस्तो कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने प्रष्ट पार्दै नेपाल शेर्पा संघका अध्यक्ष एडी शेर्पाले भने ‘सम्पूर्ण सहभागी भाई बहिनीहरु, जो मिस तथा मिस्टर शेर्पा नबने पनि तपाईहरु यो मञ्चं म्म आउनुनै सफलता प्राप्त गर्नु हो ।’

आयोजक डिपास इन्टरनेसनलकी अध्यक्ष पासाङले सम्पूर्ण शेर्पा युवा युवतीहरुको  भएको खुबीलाई प्रस्फुटन गर्ने गराउने र आत्मबल बढाउन नै उक्त ट्यालेन्ट शो आयोजना गरेको बताइन् ।

२०१७ को मिस ट्यालेन्टको ताज ल्हमु शेर्पाले पाएकी थिइन् । कार्यक्रममा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा प्रथम हुनेले आगामी दिनमा क्रोएसियाा हुने ट्यालेन्ट सो मा भाग लिन पाउने आयोजकले जनाए ।

 

प्रकाशित मिति : १० पुस २०७५, मंगलबार  ८ : १९ बजे