६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

प्रधानन्यायाधीश राणाले गरे पदभार ग्रहण


१८ पुस २०७५, बुधबार  

0
Shares

काठमाडौं। नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले पदभार ग्रहण गरेका छन्।

बुधवार राजधानीको महाराजगंजस्थित शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएलगत्तै राणाले सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन्।

मङ्गलबार संसदीय सुनुवाइ समितिले राणाको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेपछि बुधबार बिहाननै सपथ लिई पदभार ग्रहण गरेका हुन्।

उनलाई प्रधानन्यायाधीश ओमप्रकास मिश्र, न्यायाधीशहरु र सर्वोच्चका कर्मचारीहरुले स्वागत गरेका थिए।

प्रकाशित मिति : १८ पुस २०७५, बुधबार  ५ : ३८ बजे