२२ माघ २०७९, आइतबार | Mon Feb 6 2023

न्युयोर्कमा पृथ्वी जयन्ती मनाइँदै


२० पुस २०७५, शुक्रबार  

0
Shares

न्युयोर्क । प्रवासी नेपाली एकता समाज न्युयोर्कको आयोजनामा न्युयोर्कको ज्याक्सन हाइटमा राष्ट्रिय एकता दिवस मनाइने भएको छ ।

पृथ्वीनारायण शाहको २९७ औं जन्म जयन्तीको अवसर पारी जनवरी १३ मा न्युयोर्कको ज्याक्सन हाइटस्थित शेर्पा किदुगको हलमा दिनको १२ बजेदेखि ४ बजेसम्म कार्यक्रम हुने आयोजक एकता दिवस समारोह मुल समितिका संयोजक नवराज खडकाले जानकारी दिए ।

कार्यक्रमलाई न्युयोर्क र त्यस वरपर क्रियाशिल रहेका सामाजिक संघसंस्थाहरुको सदा झै सद्भाव, सहयोग र समर्थन रहेको आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७५, शुक्रबार  ९ : ३१ बजे