काठमाडौं: आयुर्वेद क्याम्पस परिसर कीर्तिपुरमा त्रि.वि. लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रकाे तेस्राे साधारण सभामा उपप्रधान, स्वास्थ्य तथा जनसङ्खा मन्त्री उपेन्द्र यादवले त्रि. वि. लायन्स रक्तसञ्चार तथा अनुसन्धान केन्द्रकाे उदघाटन गरेका छन् । मन्त्री यादवले लायन्सकाे कार्यकाे प्रशंसा गर्दै, उक्त केन्द्रलाई आवश्यक पर्ने सहयाेग नेपाल सरकारद्वारा उपलव्ध गराउने प्रतिवद्धता जनाए ।
उक्त कार्यक्रममा माननीय प्रदिप यादवले लायन्सहरु मिलेर गरेकाे पुण्यकाे कार्यलाई मुग्धकण्ठले प्रशंसा गर्दै आफ्नाे तर्फबाट हर सम्भव सहयाेग गर्न तयार रहेकाे बताए । यस्तै प्रदेश नं. ३ का सभासद माननीय पुकार महर्जनले रक्तसञ्चार केन्द्रकाे स्थापना जस्ताे मानवीय सेवामुखी कार्य आफ्नाे क्षेत्रमा सुरु हुन लागेकाेमा हर्ष प्रकट गर्दै केन्द्रलाई आफ्नाे तर्फबाट सदैव सहयाेग रहने वाचा गरे ।
साधारण सभामा नेपाल रेडक्रस साेसाईटी, रक्त सञ्चार सेवाकी निर्देशक मनिता राजकर्णिकारले लायन्ससँग मिलेर गुणस्तरिय रगत आपूर्तिमा आम समुदायलाई सहजता प्रदान गर्ने कार्यमा सहकार्य गर्न आफु तयार रहेकाे धारणा राखिन् । यसैगरी ब्लड डाेनर्स एशाेसियसन नेपाल (ब्लाेडान) का अध्यक्ष ई. सानुबाबु प्रजापतीले आफ्नाे संस्थाकाे तर्फबाट लायन्स ब्लड बैंकलाई निरन्तर सहयाेग गर्ने वचन दिदै सफलताकाे कामना गरे ।
कार्यक्रममा त्रि.वि. का रेक्टर प्रा. डा. डिल्लीराज उप्रेतीले त्रिभुवन विश्व विद्यालय र लायन्सहरुले मिलेर स्थापना गर्ने केन्द्रलाई आफ्नाे उद्देश्य अनुरुपकाे कार्य गर्नमा सफलता मिलाेस् भन्ने कामना दिए भने मेघा बैंक लि. का अध्यक्ष भाेजबहादुर शाह, लायन्स अन्तरार्ष्ट्रिय पूर्व निर्देशक सञ्जय खेतानले शुभकामना मन्तव्य दिए । ३२५ A२का गभर्नर सुदर्शनधर प्रधानाङ्गले माेवाईल भ्यान र ३२५ A२का भाईस गभर्नर डा. शुसिला मल्लले दश लाख आर्थिक सहयाेग उपलब्ध गराउने प्रतिवद्धता जनाए ।
साधारण सभाले रुद्रहरि ज्ञवालीकाे अध्यक्षतामा १५ सदस्यिय कार्य समिति गठन गरेकाे छ, उपाध्यक्षमा राजेन्द्र गिरी, महासचिवमा अजयप्रसाद खनाल, काेषाध्यक्षमा बालकृष्ण बुर्लाकाेटी, सचिवमा सुनिलभक्त श्रेष्ठ, यस्तै सदस्यहरुमा भरतप्रसाद ढुंगेल, दिनेश पाैडेल, धनराज आचार्य, डि.के. ढुंगाना, मधुसुदन शर्मा, सुरेन्द्रप्रकाश बालाय, उर्मिला बस्नेत, विद्या श्रेष्ठ थापा, निरा बज्राचार्य, र शर्मिला कार्की थापा चयन भएकाे निर्वाचन संयाेजक राजन लम्सालले घाेषणा गरे । लायन रुद्रहरि ज्ञवालीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा रक्त सञ्चार केन्द्रकाे वार्षिक पचास हजार पिन्ट रगत संकलन र वितरण गर्न सक्ने क्षमता रहेकाे महासचिव अजय खनालले जानकारी दिए ।