काठमाडौँ । सरकारले अमृतकुमार राईलाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुखमा नियुक्त गरेको छ । गत असारमा केपी ओली नेतृत्वको सरकारले तत्कालिन नियोग प्रमुख दुर्गाप्रसाद भट्टराईलाई त्यहाँबाट फिर्ता बोलाएको थियो ।
दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत राईलाई कार्यकाल पुरा नहुँदै फिर्ता बोलाएका राईलाई नै न्यूयोर्क पठाउने निर्णय परराष्ट्रले गरेको हो । परराष्ट्रका सचिव शंकरदास वैरागीले पुरा समय सचिवमा रहेर नै सेवा गर्ने जनाएकाले राईलाई नियोग प्रमुखको अवसर मिलेको बताइएको छ । उनी यस अघि पनि राष्ट्रसंघको नियोगमा महत्वपुर्ण जिम्मेवारी पुरा गरि फर्केका थिए । अन्तन्तै मेहनेती र मिलानसार राईको न्युयोर्कमा पुनः आगमान हुने जानकारी पाएपछि न्युयोर्कस्थित विभिन्न नेपाली समुदायहरुले खुसी व्यक्त गरेका छन ।