काठमाडौं । भूमि व्यावस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले समृद्ध नेपाल निर्माणको निम्ती सहकारीको मुख्य भूमिका रहने बताएकी छिन् ।
बुधवार राजधानीको नयाँवानेश्वोरस्थित थापागाउँ ब्याङक्वेटमा राष्ट्रिय सहकारी महासंघ लि. नेपालको २६औं वार्षिक साधरण सभामा मन्त्री अर्यालले सहकारीले नेपालको विभिन्न क्षेत्रमा पुगि आफ्नो संस्थाको माध्यमबाट स्थानियहरुलाई प्रत्यक्ष रुपमा सहजता पुर्याउदै आइरहेको कारण समृद्ध मुलुकका निम्ती सहकारी मुख्य आधार रहेको दाबी गरिन् ।
‘दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी’ भन्ने मुल नाराका साथ सुरु भएको कार्यक्रममा प्रमुख अतिथि मन्त्री पद्मा अर्याल, राष्ट्रिय सहकारी महासंघ लि. नेपालको अध्यक्ष केशव प्रसाद बराल, नेपाली कांग्रेसका पूर्वमन्त्री तथा सांसद बालकृष्ण खाण, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता पशुपति चौलागाई, राष्ट्रिय सहकारी महासंघ लि. नेपालका पूर्वअध्यक्ष दीपक प्रकाश बास्कोटा लगायतको उपस्थिति थियो ।
मन्त्री अर्यालले सहकारीको तारिफ गर्दै भनिन्, ‘हाल सम्म ३४ हजार पाँच सय सहकारी संस्था निर्माण हुनु, ६३ लाख मानिस सहकारीमा आबद्द हुनु र ५१ प्रतिशत महिलाको सहभागिता हुनु भनेको समृद्ध नेपालको निम्ती सहकारीले काम अगाडि बढाइ सक्यो भनेर प्रष्ट बुझ्न सकिन्छ । समानताको प्रत्याभुति पनि कसैले कुनै संस्थामा दिएको छ भने त्यो हो सहकारी । जसमा ५१ प्रतिशत महिलाहरुको सहभागिता छ ।’
समृद्ध नेपाल निर्माणको निम्ती सहकारीले आफ्नो क्षेत्रबाट काम सुरु गरिसकेको उल्लेख गर्दै भनिन्, ‘दिन दिनैको भ्रष्टाचारको समाचारले मेरो शरीर गलेको छ । मेरो हुल्सा, केहि गरौला, केहि गर्न पर्छ र मनमा कहि गर्ने हुटहुटी भएको मान्छेलाई दिनानु दिन, यस्तो नकारात्मक, विकृति, भ्रष्टाचार मुलक समाचारले गलेको शरीर, सहकारीको नीति, नियम साथै कार्यक्रम देख्दा थप उत्साह जागेर आउछ ।’
उनले सर्वप्रथम नेपालमा कृषि व्यावसाय बाट कुनै उपलब्धि नहुने मानसिकता चै हटाउनु पर्नु जिकिर गर्दै भनिन्, ‘हामीले कृषिलाई नै प्राथमिक दिनु पर्छ । साथै, श्रमलाई सम्मान गर्नु पर्छ । नेपालमा हिजोको दिनमा निर्यात गरेको जति पनि सामनहरु आज आयात गर्न बाध्य छौं । यो दिन देख्न हाम्रै कमजोरीले गर्दा परेको हो । त्यसैले, समृद्ध देश निर्माणको लागि कृषि नै आजको महत्वपूर्ण आधार हो ।’
अब ग्रमिण उद्योगमा फर्कनु पर्ने समय आएको उल्लेख गर्दै भनिन्, ‘गाउँ घरको ठाउँहरुमा सम्भावना हेरेर लगानीको व्यावस्था गरिदिनु पर्ने समय आएको छ । आलु, स्याउ, तरकारी खेती, चिया खेती हुने ठाउँहरुमा त्यहाको स्थानिय किसानहरुको लागि लगानि मात्रै व्यावस्था गरिदिने हो भने त्यसको नतिजाले हामीलाई चकित नै बनाउ छ ।’
कतिपय स्वार्थी भावनाको व्यावसायिक व्याक्तिका कारण बजार पाउन नसकेको दाबी गर्दै भनिन्, ‘म मात्रै धनी हुन पाउँ भन्ने प्रविधिले गर्दा पनि नेपालमा उत्पादित वस्तुहरुले कतिपय अवस्थामा बजारको अवसर नपाइरहेको छ । तर, समृद्ध नेपाल निर्माण गर्न माथिल्लो स्तरबाट मात्रै नभएर सम्पूर्ण नेपालीहरुले आ-आफ्नो क्षेत्रबाट स्वदेशमै एक अर्कामा सहकार्य गरि अगाडि बढ्नु पर्छ ।’
राष्ट्रिय सहकारी महासंघ लि. नेपालको अध्यक्ष बरालले सहकारीले अब नेपालमा गति लिन थालेको प्रष्ट पार्दै भने, ‘नेपालको ७७ वटै जिल्लामा सहकारी स्थापना भै सकेको छ । जहाँ, सहकारीको बाक्लो उपस्थिति छ त्याहाँका स्थानिय प्राय गरिब कमि नै छ । समृद्ध नेपालको बाटोमा हामी हिड्न थालि सकेको छौं । तर, हामीलाई सरकारको पनि साथ चाहिन्छ ।’
उनले दिगो विकासको लक्ष्यको साथ नै सिंगो सहकारी अगाडि बढि सकेको उल्लेख गर्दै भने, ‘कोही पछि नपरुन कोही पछि नछुटुन, यो हाम्रो दिगो विकासको मुल नारा हो । हामीले हजारौं जनतालाई रोजगारी पनि उपलब्ध गराइरहेका छौं ।’
नेपालको शिक्षा प्रणालीमा नै सहकारीको पाठ हुनु पर्ने धारणा राख्दै भने, ‘नेपाली नागरिक अत्याधिक मात्रमा बेरोजगारी हुन भनेको मुख्य कारण पनि नेपालको शिक्षा प्रणाली नै उपलब्धि मुलक नहुनु हो । नेपालको शिक्षा प्रणालीमा सहकारी सम्बन्धि पाठ्याक्रमहरु पढाउन आवश्यक छ । हामी सरकार समक्ष यो नीति ल्याएर जान तयार छौं ।’
विभिन्न जिल्लामा सहकारी संस्थाले व्यावसाय रुपमा कामहरु पनि गर्न थालिसकेको छ । उनले भने, ‘माहुरी पालन, तरकारी खेती, बाख्रा पालन, माछा पालन, चिया खेती, चामाल मिल, तेल मिल, जडिबुटि खेती, उखु खेती जस्ता आयमुलक कामहरुको तालिम र व्यावसाय पनि गर्न यो सहकारीले थालिसकेको छ ।’
प्रदेश तथा स्थानिय तहमा पनि सहरिको संस्था स्थापना गरि काम गर्न थालिसकेको जानकारी दिदै बरालले भने, ‘हाम्रो संस्था देशको विभिन्न क्षेत्रमा पुग्न सफल भैसकेको छ । हामीले खेती गरि उब्जाएको नगद्दे वस्तुलाई अनलाईन प्रविधि बाट निर्यात गर्ने प्रविधि पनि तयार गर्दै छौं ।’
कार्यक्रममा नेपाली कांग्रेसका पूर्वमन्त्री तथा सांसद खाणले २६औं बर्षको यात्रा सफलता पुर्वक पूरा गरेकोमा बधाई तथा शुभकामना व्याक्त गर्दै भने, ‘सहकारी देश निर्माणको एउटा अभिन्न अंग हो । नेपालमा सहकारीले उत्पादन क्षेत्रमा अभिवृद्धि गर्न थप कदम चाल्नु आवश्यक छ ।’
उनले नेपालको शिक्षा क्षेत्रमा सहकारीको पाठ्यक्रम हुनुपर्नेमा जोड दिदै भने, ‘नेपाललाई साच्चै नै समृद्ध नेपाल निर्माण गर्ने हो भने शिक्षा क्षत्र परिमार्जन हुन आवश्यक छ । सहकारी सम्बन्धि पाठ्यक्रम हुन पनि अत्यान्तै आवस्यक र उपयोगी हुनेछ ।’
उक्त समारोहमा ‘सहकारी सन्देश’ पत्रिका समेत प्रकाशन गर्ने तयारी भइरहेको जानकारी दिएका थिए । साथै महासंघको आयोजनामा पुस २६ र २७ गते दुई दिवसीय सहकारी उद्यम प्रवद्र्धन राष्ट्रिय कार्यशाला गोष्ठीको उद्घाटन अर्थ मन्त्री माननिय डा युवराज खतिवडाले गर्ने कार्यक्रम रहेको छ ।