३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

मेरिल्यान्डको डेलिगेटमा निर्वाचित भण्डारीले वेद समातेर लिए शपथ


२६ पुस २०७५, बिहिबार  

0
Shares

मेरिल्यान्ड । मेरिल्यान्ड हाउस अफ डेलिगेट्समा निर्वाचित एचबी भण्डारीले औपचारिक शपथ लिएका छन् । मेरिल्याण्ड हाउस अफ डेलिगेट्सको सभा कक्षमा आज आयोजित शपथ समारोहमा भण्डारीले वेद साक्षी राखी शपथ लिएका हुन् ।

शपथपछि हाउस अफ स्पीकर माइकल एरिन बुससँग डेलिगेट भण्डारीले औपचारिक प्रमाणपत्र ग्रहण गरे । गत नोभेम्बर ६ मा सम्पन्न निर्वाचनमा विजयी अन्य निर्वाचित पदाधिकारीहरुले पनि शपथ लिएका छन् ।

डेलिगेट भण्डारी हाउसमा स्वास्थ्य र सरकार संचालन सम्बन्धी समितिको सदस्यको रुपमा चुनिएका छन् ।

भण्डारीको शपथमा सहभागी एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेल, एनआरएन आइसीसीका संस्थापक उपाध्यक्ष डा श्याम कार्कीलगायत नेपाली प्रतिनिधिहरु मेरिल्यान्ड पुगेका थिए ।

नेपाली मुलका भण्डारी  मेरिल्याण्डको डिस्ट्रिक्ट ८ बाट हाउस अफ डेलिग्ट्समा निर्वाचित भएका हुन् ।

तीन जना निर्वाचन हुने उक्त स्थानमा ह्यारी दोस्रो स्थानमा आई जित हासिल गरेका थिए । विधान सभा सदस्यका लागि ३ जना निर्वाचित हुनेमा उनले दोस्रो बढी मत ल्याएका थिए । उनले स्टेट डेलेगेटको डेमोक्रेटिक पार्टीको प्राइमरीमा ५ हजार ३ सय ७६ मत प्राप्त गरेका थिए भने मेरिल्याण्ड डेमोक्रेटिक पार्टीको केन्द्रीय समितिको सदस्य पदमा ५ हजार ७ सय ६५ मत प्राप्त गरी विजयी भएका हुन् । स्टेट डेलिगेटसको निर्वाचनमा १६ बर्षदेखि विधान सभा सदस्य रहेका एरिक ब्रामर भन्द केही मतको अन्तरले भण्डारी दोस्रो भएका थिए ।

डेमोक्र्याट पार्टीबाट उम्मेदवार रहेका उनी अमेरिकी मुलधारको राजनितिमा प्रवेश गर्ने पहिलो नेपाली मुलको प्रतिनिधि हुन् । पर्वतमा जन्मिएका उनी डेमोक्रयाट पार्टीमा करिब दशकदिख सक्रिय रुपमा लाग्दै आएका छन । हृयारीलाई जिताउन नेपाली समुदायको प्रतिनिधिहरुको साथै डेमोक्रेट पाटीले कडा मेहनेत गरेका थिए ।

लामो समय बाल्टिमोर सिटि कम्युनिटि कलेजमा शिक्षकको रुपमा कार्य गरेकाका भण्डरीले नया पुस्तालाई मुलधारको राजनीतिमा समाहित गराउनकै लागि ‘टिचर फर डेलिगेटस’ नाराका साथ राजनीतिमा होमिएका थिए ।

भण्डारी सन् २००८ मा भएको राष्ट्रपतिको निर्वाचतमा बाराक ओबामाको सहयोगी अभियानबाटै अमेरिकी राजनितिमा लागेका हुन् । त्यतिखेर उनले सुपर भोलेन्टरकै रुपमा निकै मेहेनत गरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०७५, बिहिबार  १० : ४४ बजे