काठमाडौं । गोरखा साम्राज्य नेपालका प्रथम(राष्ट्रहरुको दृष्टिुु सम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ । बौद्धस्थित नेपाल तामाङ घेदुङको हलमा ताम्सालिङ नागरिक समाजद्वारा आयोजित तथा एससि.आर.सि.ले संयोजन गरेको कार्यक्रमको चोहोमा डा. मुक्तसिंह तामाङ साथै गन्बामा डा. गणेश योञ्जनका रहेका थिए ।
वक्तामा बुद्धछिरिङ मोक्तान, विश्वभक्त दुलाल (आहुति) र मोहन गोले रहेका थिए । एस.सि.आर.सि.को अध्यक्ष खोजराज गोलेले स्वागत गरेको कार्यक्रमसम्बन्धी जानकारी डा. मुक्तसिंह तामाङले गराएका थिए ।
तामाङले पृथ्वीनारायण शाहलाई नै एकीकरणकर्ताको पगरी गुँथी दिन नहुने बताए । उनका अनुसार एकीकरणको भार पृथ्वीनारायले बोक्न वा थाम्न सक्तैन । शाहले नेपालको एकीकरण नभएर एक किसिमको साम्राज्य विस्तार मात्रै गरेको स्पष्ट पारे ।
पृथ्वीनारायण नै एकीकरणकर्ता वा राष्ट्रनिर्माता भन्ने गलत इतिहास लेखनको अभ्यास भएको उल्लेख गर्दै अब त्यो लेखनलाई सच्याउँदै जनताको इतिहास लेखन थालनी भइसकेको समेत चोहो तामाङले दाबी गरेका छन् ।
विषयगत वक्तामध्ये आहुतिका अनुसार पनि पृथ्वीनारायण शाहले एकीकरण नभई एक किसिमको साम्राज्य विस्तार गरेका थिए । एकीकरण र साम्राज्य विस्तार बेग्लै कुरा भएको जनाउँदै उनले पृथ्वीनारायण शाहका साथै आफूहरूले गरेका गल्तीलाई ढाकछोप गर्नाका निमित्त मात्रै हिन्दू राज्यसत्ताले राष्ट्रिय एकीकरणको भाष्य बनाएको दाबी गरे ।
उनले अन्यलाई भुरेटाकुरे भन्ने गोरखा आफैँ चाहिँ साह्रै भुरेटाकुरे रहेको साथै त्यसको आफ्नै दरबार भन्न लायकको एउटा दरबारसमेत नभएको बताएका छन् ।
अर्का वक्ता बुद्धछिरिङ मोक्तानले “किन भयो तामाङ प्रथम(राष्ट्रमाथि धेरै प्रहार) भन्ने सम्बन्धी आफ्नो भाष्य प्रस्तुत् गरेका छन् । मोक्तानका अनुसार (१) भू-सामारिक रूपले तामाङ प्रथम(राष्ट्र पहाडी हिन्दू अधिराज्यको शक्तिकेन्द्र काठमाडौं उपत्यकालाई चारैतिरबाट घेरेर रहेका, (२) पहाडी हिन्दू मान्यता अनुसारको पवित्र जनावर गाईको मासु सेवन गरेका साथै (३) विश्वदृष्टिकोणको रूपमा बौद्ध (नास्तिक) धर्मलाई अँगालेका कारण तामाङ राष्ट्रमाथि अन्यलाई भन्दा बढी दमन भएको दाबी गरेका थिए ।
हिन्दू राज्यसत्तालाई स्थापित गर्न गराउनका लागि हिन्दू विश्वदृष्टिकोणसहितको अनेक भाष्यहरू निर्माण गरे । जात प्रथाको प्रारम्भ गरे । ऊँच र नीचको अवधारणा बनाए । त्यही वर्ण व्यवस्थालाई कानूनी रूपमा स्थापित गराए । छूत र अछूत भन्दै नमासिने र मासिने मतवालीमा वर्गीकृत गरे । हिन्दू विश्वदृष्टिभन्दा नितान्त भिन्न विश्वदृष्टिकोणसहितको बौध्ददर्शनलाई जानेर वा नजानेरै पनि पाठ गर्न नछोडेकाले राज्यसत्ता तामाङ राष्ट्रदेखि त्रस्त रहँदै आएको स्पष्ट पारेका छन् ।
अर्का वक्ता मोहन गोलेले पृथ्वीनारायण शाह युद्धनायक तथा हत्यारा रहेको दाबी गरेका छन् । गोलेका अनुसार पृथ्वीनारायणले तामाङ लगायतका प्रथम(राष्ट्रहरूमाथि चरम् शोषण र दमन गरेका थिए । राजनैतिक रूपमा हत्या मच्चाएका थिए । तामाङका राजाहरूलाई अनेक षडयन्त्र गर्दै सखाप पारेका थिए । आफ्नै मीतबाउ तथा जेठानलाई समेत छाडेका थिएनन् । जेठान दिग्वन्धन सेनको हत्या मात्रै गरेनन्स सेनका सन्तानहरुलाई सार्की जातमा परिणत गरेर सदाका लागि उठ्न नसक्ने बनाएका थिए ।
त्यसैले पृथ्वीनारायण कुनै पनि हालतमा राष्ट्र निर्माता थिएन । तिनको जन्मजयन्तीलाई राष्ट्रिय एकीकरण वा एकता दिवसको रूपमा राज्यसत्ताले मान्छ वा बिदा दिन्छ भने सम्पूर्ण प्रथम(राष्ट्रमाथिको घोरअपमान हुनेछ । कार्यक्रमलाई गन्बा डा. गणेश योञ्जनले समापन गरे ।