४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

फिल्मले कमाई भन्दा समाजलाई प्रभाव पार्नु ठुलो उपलब्धि – रेखा थापा


२८ पुस २०७५, शनिबार  

0
Shares

काठमाडौं । नायिका रेखा थापाले कति कमाउला भनी फिल्म बनाउनुभन्दा समाजलाई कस्तो प्रभाव पार्न सकिन्छ भनेर फिल्म निर्माण गर्नु पर्ने बताएकी छिन् ।

शनिवार राजधानीको थापाथलीस्थित मार्टिन चौंतारीमा महिला साहित्यकार संघद्वारा आयोजित आह्वान सम्वादमा नायिका थापाले जुनसकै चलचित्रले कमाईमाभन्दा समाज परिवर्तनमा जोड दिनु पर्ने कुरा बताएकी हुन् ।

थापाले आफ्नो प्राय सबै फिल्महरुले समाजप्रतिको कुराहरुलाई नै उठान गरेको दाबी गर्दै भनिन्, ‘मैले आजसम्म निर्माण गरेको फिल्मले कति रकम कमायो भन्दा पनि त्यसले समाजलाई कस्तो प्रभाव पार्यो भन्ने फिल्मको निर्माण गरेको छु, र सोच सबैले ख्याल गर्नु पर्छ जस्तो मलाई लाग्छ । तब, नेपाली फिल्महरुको माध्यमबाट साच्चै समृद्ध समाज निर्माण गर्दछ ।’

नेपाली समाजमा नारीप्रति हेर्ने दृष्टिकोण खासै यो समाजमा परिवर्तन नभएको जिकिर गर्दै भनिन्, ‘अब नारीहरु कसैको दबावमा हैन आफ्नो हिम्मत देखाएर जुनसुकै क्षेत्रमा अगाडि आउन जरुरी छ । यो संसारनै महिलाले आधा भाग ओगटेको छ ।

फिल्मले आमदर्शकहरुलाई भरपुर मनोरञ्जन गराउछ नै साथमा प्रेरक कुराहरु फिल्म निर्माणकर्ताहरुले प्रदान गर्न सक्नु पर्छ । उनले थपिन, ‘मैले फिल्म निर्माण एवं अभिनय गरेको फिल्महरुमा यै समाजको कथा, व्याथा एवं प्रतिकार गर्ने सामर्थ्यसमेत दिने प्रायस गरेको छु ।’

उनले वर्तमान समाजमा अझै पनि धेरै महिलाहरु सृङ्गारित पात्रको रुपमा मात्र चिनिरहेको उल्लेख गर्दै भनिन्, ‘महिला हिंसामा परी कत्तिले त ज्यानै गुमाइ सक्नु भएको छ । यो अत्यान्त्यै गलत छ । जुन पनि ठाउँमा महिला र पूरुषको भूमिका बरावरी हुनुपर्दछ र यस्तै सामाजिक कार्यको निम्ति पनि मैले फिल्म निर्माण गरेको छुँ ।’

पछिल्लो समय आफुले निर्माण गरेको फिल्म ‘मालिका’ सम्म आइपुग्दा धेरै त हैन तर, थोरै मात्रमा भएता पनि समाजमा पक्का प्रभाव परेको प्रत्यक्ष रुपमा पाएको छु । उनले थपिन, ‘यो मेरो करियरको अत्यान्तै ठुलो उपलब्धि हो । मेरो व्यावसायमा भन्दा समाजमा एक किसिमको छाप छोड्ने उद्देश्य छ ।’

थापाले समृद्ध देश निर्माण गर्न सरकारको मात्र आषामा नबस्न सुझाव दिदै भनिन्, ‘सर्वप्रथम हामी एकजुट हुन पर्दछ । हामीले जुन सुकै माध्यमबाट पनि समाजलाई परिवर्तनको दिशामा लैजान सक्छौं । म पनि समृद्ध समाज निर्माणको नै संकल्प लिएर अघि बढिरहेको छु । र म आफुलाई नायिका भन्दा पनि सामाजिक अभियान्ता भन्न रुचाउछुँ ।’

प्रकाशित मिति : २८ पुस २०७५, शनिबार  ७ : ३८ बजे