७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

रेडियन्टको कुल सम्पत्ति ३५ करोड, ४१ लाख नाफा, नयाँ कार्यसमिति चयन


२८ पुस २०७५, शनिबार  

0
Shares

ललितपुर । रेडियन्ट बहुउद्देश्यीय सहकारीको कुल सम्पत्ति अघिल्लो वर्षभन्दा झन्डै १० करोडले वृद्धि भएर ३५ करोड पुगेको छ । अघिल्लो वर्ष २५ करोड कुल सम्पत्ति रहेको रेडियन्टको यसपटक ३५ करोड २१ लाख २० हजार ६०५ रुपैयाँ भएको छ ।

आज ललितपुरको कुपण्डोल वैङक्वेटमा आयोजित दशौं वार्षिकोत्सवमा सहकारीका लेखा परीक्षक रमेश नेपालले उक्त जानकारी दिएका हुन् । त्यसैगरी यस वर्ष रेडियन्टले ४१ लाख १० हजार २ सय ४९ रुपैयाँ नाफा आम्दानी गरेको सहकारीका कोषाध्यक्ष भोजराज न्यौपानले जानकारी दिए ।

नयाँ कार्यसमिति चयन

वार्षिकोत्सवले दुर्गाकुमार ढुङ्गानाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा रामसुधार महतो, सचिवमा भीमसेन केसी, कोषाध्यक्ष भोजराज न्यौपाने, सदस्यमा रमेस पुरी, श्रीजना पौडेल र लक्ष्मी बस्नेत निर्वाचित भए । कार्यसमिति निर्विरोध चयन भएका हुन् ।

 

 

 

प्रकाशित मिति : २८ पुस २०७५, शनिबार  ९ : २७ बजे