एनआरएन अमेरिकाको कार्यसमिति र विभिन्न च्याप्टरहरुको न्युर्योकमा सम्पन्न बैठकले आगामी निर्वाचनको लागी विभिन्न समिति गठन गरिएको जनाएको छ । बिगत बर्षहरुमा भएको कमि कमजोरिलाई हटाउदै आगामी निर्वाचन स्वच्छ, निष्पक्ष तथा विवाद रहित बनाउन विभिन्न समिति गठन गरेको छ ।
कार्यसमितिको ३३ सदस्यहरुमा २९ सदस्य सहाभागी उक्त बैठकले आगामी निर्वाचन सफलतापुर्वक सम्पन्न गर्नका लागि आईटी तथा परिवेक्षक समिति र थर्ड पार्टी भेरिफिकेशन समिति समेत बनाएको जनाएको छ । युवा संयोजक स्वराज खाती संयोजक रहेको आईटी समितिको सदस्यहरु पवन योञ्जन र सत्य चौधरी रहेका छन ।
त्यस्तै एनआरएन अभियान्ता डा. तारा निरौला संयोजक रहेको पर्यबेक्षक समितिमा सदस्यहरु एनआरएनए अमेरिका सल्लाहकार डा. रुद्र अर्याल र सञ्चारकर्मी शैलेष श्रेष्ठ रहेका छन । त्यस्तै थर्ड पार्टी मेम्बर भेरिफिकेशनलाई समन्य गर्ने आन्तरिक कमिटिमा रामकुमार सुवेदीको संयोजकत्वमा सदस्यहरु बाल जोशी र पवन योञ्जन रहेको छ । यसैगरी सदस्यता नविकरण बारेमा बिभिन्न छलफल गरी सदस्यता विस्तारका लागि काम गर्ने निर्णय गरेको छ । जस अनुसार शनिबार साझ भएको गाला डिनरमा सबै च्याप्टरका पदाधिकारी तथा नेतृत्व तहमा रहेकाहरुलाई नविकरण तथा सदस्य बनाउनका लागी अध्यक्ष डा. केशव पौडेलले जानकारी गराएका थिए ।
बैठकले नेपालमा वातावरण प्रदुषणको बारेमा काम गर्नका लागि बोर्डका सल्लाहकार समेत रहेका बिज्ञ डा. पुरु श्रेष्ठले पेश गरेको सहयोग सम्वन्धमा आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको जानकारी दिइएको छ । बैठकमा च्याप्टरहरुको भेलामा सहभागि सबै च्याप्टरका पदाधिकारी तथा सदस्यहरुलाई सधन्यवाद सहित पेश भएका बिषयहरु माथी छलफल गरिएको थियो ।
अमेरिकामा रहेका विभिन्न च्याप्टरहरु, एनआरएनका बोर्ड, सल्लाहकारहरुको साथै एनआरएन आइसिसिका सदस्यहरु सम्मिलित भेला र बैठकको आयोजना न्युयोर्क च्याप्टरले गरेका थिए । उक्त भेलाले आगामी निर्वाचनको चर्चा परिचर्चाको साथै सदस्यता वितरणको लागी सघाउ पुर्याएको एनआरएनको पदाधिकारीहरुले बताए । कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले सबैको उपस्थितिमा सम्पन्न भेला र बैठकले सस्थागत हितमा महत्वपुर्ण भुमिका खेलेको धारण राखेका थिए । सफलतापुर्वक भेलाको संयोजन गरेकोमा एनआरएन न्युयोर्क च्याप्टरलाई अध्यक्ष पौडेलले धन्यवाद दिएका थिए । च्याप्टरहरुको भेलामा अध्यक्षहरु समर बुढाथोकी न्यूजर्सी, दिलु पराजुली केन्टकी, धनश्याम खड्का कनेक्टिकट, रामहरी अधिकारी न्यूयोर्क, दुर्गाप्रसाद श्रेष्ठ मेरिल्याण्ड, बुद्धि सुवेदी विइस कान्सस र सत्य चौधरी इलिनेले आ आफनौ राज्यमा गरेको कार्यप्रगती विवरण पेश गरेका थिए ।
विहान र दिउसोको बैठक पछि वेलुकी रात्रि भोज सहितको तीन चरणको बैठक तथा भेलाले सस्थागत रुपमा महत्वपुर्ण उपलब्धि भएको एनआरएन न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरी अधिकारीले बताए । उनले कार्यक्रममा उपस्थिति हुनेहरुको साथै सहयोग गर्नेहरुलाई धन्यवाद दिएका थिए । च्याप्टर अध्यक्ष अधिकारीसंगै उपाध्यक्ष विष्णु रानामगर, सचिव महेश खड्का, कोषाध्यक्ष इन्दिरा घर्तिमगर, महिला संयोजक कञ्चन कसी, बोर्ड सदस्य बेगम पण्डित, गोपाल गुरुङ, बिजय गुरुङ र प्रेम कुमार राई कार्यक्रममा उतिकै खटेका थिए ।