३ माघ २०८२, शुक्रबार | Sat Jan 17 2026

न्युयोर्कमा पृथ्वी जयान्ती तथा एकता दिवस मनायो


Ang

१ माघ २०७५, मंगलबार  

0
Shares

देशविदेशमा छरिएका सम्पुर्ण नेपालीहरु वीच एकता हुनु पर्ने सन्देश सहित न्युयोर्कमा २ सय ९७ औ पृथ्वि जयन्ति तथा एकता दिवस मनायो । प्रवासी नेपाली एकता समाजद्धारा आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्रि दिप कुमार उपाध्यायले नेपाल राष्ट्रको निर्माणको एकिकरणमा पृथ्वी नारायण शाहले दिएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा एनआरएनए अमेरिकाका अध्यक्ष डा केशव पौडेल, बाल्टिमोरबाट आएका प्रेम कुमार श्रेष्ठ, बरिष्ठ अधिवक्ता खगेन्द्र जिसि, नेपाली कांग्रेसका आमन्त्रित केन्दि्रय सदस्य आनन्द विष्ट, पश्चिम क्षेत्रको अवैतनिक महावाणिज्यदुत ऋषि ढकाल, शिक्षाविद डा. तारा निरौला, एनआरएन आइसिसिका सदस्य बन्दना कोइराला ,अधिवक्ता बासु फुलारा, एनआरएनका बोर्ड अफ डाईरेक्टर सञ्जय थापा लगायतले नेपालको इतिहासमा पृथ्वी नारायण शाहले मुलुकको लागी दिएको योगदान सधै सम्झीरहेको धारण व्यक्त गरेका थिए ।

समाजको अध्यक्ष रुद्र राउतको सभापतित्वमा भएको कार्यक्रममा समाजका प्रतिनिधि राजेन्ऽ खडका सबैलाई स्वागत गरेका थिए । त्यस्तै कार्यक्रम सयोजक तथा समाजका महासचिव नबराज खडकाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा विभिन्न सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।

प्रकाशित मिति : १ माघ २०७५, मंगलबार  ११ : २७ बजे