काठमाडौं । कीर्तिपुरस्थित शुभकामना एकेडेमीमा शुभकामना महोत्सव शुरु भएको छ । पहिलो दिन आज बालबालिकाको रुचि अनुसारको प्रतिभा प्रदर्शन तथा शुभकामना आदान प्रदान भयो ।
एकेडेमीमा अध्यनरत कक्षा दशसम्मका विद्यार्थीहरुको आफ्नो रुचिअनुसारको प्रतिभा प्रदर्शन गरे ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ गायक रायन श्रेष्ठ, शुभकामना विद्यालय व्यावस्थापक समितिका अध्यक्ष आर्यन डंगोल, शुभकामना एकेडेमीका प्रधानाध्यापक बिजयराज आचार्य, गायक करण मुखिया लगायतको उपस्थिति थियो ।
एकेडेमीका प्रधानाध्यापक आचार्यले विद्यालयमा विद्यार्थीहरुलाई करको हैन रहरको शिक्षा प्रदान गर्ने उल्लख गर्दै भने, ‘हामी विद्यार्थीहरुलाई आफ्नो रुचि अनुसारको शिक्षा दिदै आएका छौं । र नै उनीहरुले प्रगति पनि अत्यन्तै रुपमा गरिहरेको छन् । र हाम्रो लक्ष्य पनि यही हो ।’
कार्यक्रममा विद्यार्थीहरुले रोवोटिक्स प्रदर्शन, चित्रकला प्रदर्शन, पुस्तक प्रदर्शन, गायन प्रश्तुति, नृत्य प्रदर्शन गरेका थिए । भने प्रमुख अतिथि लगायत अन्य विद्यालयबाट आएका विद्यार्थीहरुले अवलोकन गरेका थिए ।
तीन दिनसम्म चल्ने महोत्सव माघ १९ गते अविभावक दिवस मनाउदै सकिने छ ।