काठमाडौं । ड्रिम वर्ल्ड फिल्म मेकरले पहिलो पटक सोसियल मिडिया फिल्म अवार्ड २०७५ प्रदान गरेको छ ।
आईतवार राजधानीको जमलस्थित होटल यल्लो प्यागोडामा ड्रिम वर्ल्ड फिल्म मेकरद्वारा आयोजित १६ वटा विधामा सोसियल मिडिया फिल्म (लघु फिल्म) अवार्ड प्रदान गरेको छ ।
लघु फिल्म अवार्डका लागी ७० फिल्म समावेश भएको साथै १६ वटा विधामा मात्र अवार्ड प्रदान गर्ने आयजकले जानकारी दिएका थिए । वरिष्ठ एनिमेटर करुण थापा, पत्रकार के.पी. ढुङ्गाना र मिडियाकर्मी तथा निर्देशक संगीता श्रेष्ठले निर्णायकको भुमिका निभाएका थिए ।
उत्कृष्ठ युट्युव भिडियो निमेष श्रेष्ठ, फेसबुक भिडियो अवार्ड निमेष श्रेष्ठ, समाचार भिडियो अवार्ड सन्तोषी अधिकारी, उत्कृष्ठ ट्रोल अवार्ड भावेष निरौला, उत्कृष्ठ लघु फिल्म निर्देशक मुकेश चौधरी र योगराज खनाल, उत्कृष्ठ लघु फिल्म अभिनेत्री स्मृती नेउपाने, उत्कृष्ठ लघु फिल्म अभिनेता निमेष श्रेष्ठ, उत्कृष्ठ लघु फिल्म साउन्ड सिस्टममा विनय अधिकारीले अवार्ड हात पारेका थिए ।
उत्कृष्ठ छायांकन विकल थापा, जुरी अवार्ड फन रेबुलेसन टिभी, प्रोत्साहन अवार्ड विकास घले गुरुङ, उत्कृष्ठ सामाजिक सन्देश राज मानन्धर, सार्वजानिक रोजाइ अवार्ड सचिन बुढाथोकी, उत्कृष्ठ लघु फिल्म निर्देशन अनुखित श्रेष्ठ, उत्कृष्ठ वृतचित्र जोगी टिम, उत्कृष्ठ लघु फिल्म अवार्ड भने अनुखित श्रेष्ठले पाए ।
कार्यक्रममा प्रमुख अतिथि संगीतकार शम्भूजीत बास्कोटा, नेपालको प्रथम नायिका भुवन चन्द, नायिका वसुन्धरा भुषाल, नायक तथा निर्देशक आकाश अधिकारी, ड्रिम वल्ड्र फिल्म मेकरको संयोजक सवनम मुखिया लगायतको उपस्थिति रहेको थियो ।
ड्रिम वल्ड्र फिल्म मेकरको संयोजक मुखियाले लघु फिल्मले नेपालमा अब गति लिनु पर्ने धारणा व्याक्त गर्दै भनिन्, ‘लघु फिल्मले थोरै समयमा गहन विषयलाई उठान गर्छ । यसको माध्यमबाट धेरै सन्देश मुलक कुराहरु प्रचार गर्न सहज हुन्छ । यसलाई प्रोत्साहन गर्ने हाम्रो उदेश्य हो ।’
प्रमुख अतिथि बास्कोटाले लघु फिल्मले देशको प्रचार गर्न महत्वपूर्ण भुमिका खेल्ने उल्लेख गर्दै भने, ‘यो अवार्डले नेपाली चलचित्र क्षेत्रमा नै उत्साहित पार्न योगदान पुर्याउछ ।’
नेपाली फिल्महरु नहतारिकन निर्माण गर्नु पर्ने अवस्था भएको टिप्पणि गर्दै उनले भने, ‘अहिले नेपाली फील्मले फड्को मारीसकेको छ । तर, अव अझै सशक्त रुपमा अगाडी लैजादै नेपाली फिल्म अनुसन्धानात्म प्रकारको निर्माण गर्नु पर्छ ।’
अवार्ड प्रदान समारोहमा विभिन्न साङ्गीतिक कार्यक्रमको समेत प्रश्तुत भएको थियो ।