१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

‘शिखरको ढुङ्गा’ विमोचन गर्दै प्रचण्डले भने, ‘किताब पढ्ने अवसर मिलेन’


२९ माघ २०७५, मंगलबार  

0
Shares

काठमाडौं । साहित्यकार तथा नेकपाका नेता सरल सहयात्रीको ‘शिखरको ढुङ्गा’ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहल (प्रचण्ड)ले विमोचन गरेका छन् ।

मंगलवार राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा साङ्ग्रिला बुक्स प्रकाशनद्वारा आयोजित एक कार्यक्रम बिच उक्त किताबको विमोचन भएको हो ।

कार्यक्रममा समालोचक सुधा त्रिपाठी, साहित्यकार नयनराज पाण्डे, सगरमाथा आरोही माया शेर्पा र लेखक सरल सहयात्री लगायतको उपस्थित रहेको थियो ।

सगरमाथा आरोही माया शेर्पाले शिखरको ढुङ्गा उपन्यासले सगरमाथा आरोहन गर्न चाहनेहरुको लागि अत्यान्तै प्रेरणा मुलक सन्देश दिने बताइन् । उनले थपिन्, ‘यो पुस्तक पढिरहदा सगरमाथा चढिरहेको अनुभव पनि महसुस हुन्छ ।’

साहित्यकार पाण्डेले किताब प्रेरणादायिक भएको धारणा व्याक्त गर्दै भने, ‘मैले किताब पढ्न थाले संगै मेरो मुख बाट शब्द निस्कियो, ‘ओ माई गड…’। साच्चै यो किताबमा साना साना कुरालाई नै सशक्त रुपमा प्रश्तुत गरिएको छ । जुन हरेक पाठकले एकदमै सरल तरिकाले समग्र रुपमा बुझ्न सक्छन् ।’

यो किताबमा पर्यटनको गाइड गर्ने शेर्पाहरुलाई नायकको रुपमा प्रश्तुत गरिएको उल्लेख गर्दै पाण्डेले भने, ‘इतिहास, आख्यान र आरोहनको समिश्रण हो यो किताब । साथै सगरमाथा आरोहन गर्नेहरुको मुख्य गाइडको भुमिका र कठिनाइहरुको समेत उल्लेख गरिएको छ । जहा शेर्पा जातिलाई नायकको रुपमा चिनाउन खोजिएको छ ।

समालोचक त्रिपाठीले किताब मुल्यवान मृत्युको खोजि गर्ने लेखकले लेखिएको टिप्पनि गर्दै भनिन्, ‘किताबमा जनयुद्दको लडाई र सगरमाथा आरोहन गर्नु, उत्तिकै कठिनाईको कुरा भनिएको छ । सुरुवात बाटै पाठकलाई आनन्दित दिलाउछ ।’

उनले किताब अध्यान गर्न थाले संगै आफुलाई सगरमाथाको यात्रामा समावेश गराएको उल्लेख गर्दै भनिन्, ‘त्यो हिमालको ठन्डा महसुस गराउछ शिखरको ढुङ्गाले । कुनै ठाउँ दुई चुचुरा बिच बाटो बनाउनको कठिनाई, त्यो चिसो मौसम साथै हावाको वेग अनि पाल टाङ्नुको चटारो एवं यात्राभर चाहिने रासनको समायोजन आदिको पाठ पाठक एवं सगरमाथा आरोहन गर्नेहरुलाई मज्जाले सिकाउछ ।’

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले आफुले किताब पढ्ने अवसर नमिलेको सुनाउदै भने, ‘बक्ताहरुले किताबबारे चर्चा गरिरहदा मलाई राम्रो नै भएको महसुस भयो । म पनि समय मिलाएर अवस्य पढ्ने छु ।’

उनले सहयात्रीको तारिफ गर्दै भने, ‘सिर्जनशिल युवा नेता जसको साहित्यिक र कलात्मक पनि बौद्दिक र राजनीतिमा पनि तिक्ष्ण दिमाख छ । मलाई उहाको बचपन देखिनै मोटामोटी कुराहरु थाहा भएको कारण किताब पनि राम्रो नै होला भन्ने मेरो ठम्याइ छ ।’

प्रचण्डले आफु साहित्य तर्फ भन्दा पनि अहिलेको समयमा राजनीतिक चटारो भित्रै व्यास्त भएको बताए । ‘म मेरो जीवनको लक्ष्यप्रति समर्पीत भई लागि रहेको छु । तर, मेरै हकमा चै त्यो कुरा त्याति धेरै लागु भएको छैन । मैले चाहेको कुरा र मैले मन पराएको कुरा गर्न पाएको छैन । मलाई कहिले पनि त्यो छुट भएन । बडो बिचित्र लाग्छ मलाई यो कुरामा ।’ प्रचण्डले भने ।

‘म स्कुलमा पढ्दा, पाइलोट बन्ने सपना थियो । कलेजमा आउदा इन्जिनियर बन्नेमा गयो । त्यस पछि सैनिक कमान्डरमा गयो । गर्दै र बढ्दै जादा राजनीतिमा आयो ।’ उनले भने, ‘यो राजनीतिमा अहिले २४ सै घण्टा, बाह्रै महिना अनि सबै काल चटारोमा नै बितिरहेको छ । झन्डै झन्डै सबै समय तनाबमै बित्छ ।’

उनले आफु चुनौतिको सामना गर्न जहिल्यै तत्पर रहने कुरा व्याक्त गर्दै भने, ‘मैले आज सम्मका सबै चुनौतिलाई सामना गर्दै आएको छु । र अन्तिम समय सम्म आइपर्ने चुनौतिको सामना गर्ने प्रतिज्ञा समेत गर्दछु ।’

प्रचण्डले जनयुद्धमा लागेका युवाहरुले अहिले आफ्नो क्षेत्रमा प्रगति गरिरहेको बताउदै मिरा राईको समेत तारिफ गरे । उनले भने, ‘भोजपुरको मिरा राईले विश्वमा नेपालको नाम चिनाउँदा गर्व लाग्छ। साथै अरु युवाहरु पनि विभिन्न क्षेत्रमा प्रगती गरिरहेका छन् ।’

उनले जनयुद्धबाट पहिलो पटक सरकारमा जाँदा चमत्कार गर्न नसकेक कुरा बताउदै उनले थपे, ‘पहिलो पटक प्रधानमन्त्री बन्दा केही चमत्कार गर्न सकिनँ । अनुभव नभएको क्षेत्रमा एक्कासी जाँदा चम्तकार गर्नको साटो त्यो नौ मिहने अवधि झिलिमिलीमै बित्यो । तर, दोस्रो पटक प्रधानमन्त्री हुँदा योजनावद्ध तरिकाले अगाडि बढ्न सफल भए ।’

कार्यक्रममा लेखक सहयात्रीले आफुहरुले सगरमाथा आरोहनको क्रममा  भोगेको हरेक घटनाहरु र सहयोग गर्ने सहयोगीहरुको भूमिकाको योगदानबारे समग्र रुपमा किताबको माध्यमबाट आम पाठकहरुमाझ ल्याएको बताए ।

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  ८ : २५ बजे