२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

चित्रबहादुर केसीको नजरमा सरकारको बर्ष दिन: भ्रष्टाचार बढ्यो, चित्तबुझ्दो काम केही छैन


३ फाल्गुन २०७५, शुक्रबार  

0
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले सरकारको बर्ष दिनको कार्यकाल असफल भएको बताएका छन् ।

शुक्रवार राजधानीको भृकुटीमण्डपस्थित रिपोर्टस क्लबद्वारा आयोजित कम्युनिस्ट नेताहरुको नजरमा केपी शर्मा ओली नेतृत्वको सरकारको एक बर्षे कार्यकालको समिक्षामा केसीको नजरमा सरकार पास हुन नसकेको बताएका हुन् ।

उनले पार्टी एकताको समर्थन गरिसके पछि वर्तमान सरकारले चित्त बुझ्दो काम नगरेको आरोप लगाउदै भने, ‘छोटो समयमा भइहाल्छ भन्ने हैन । तर, देशमा भ्रष्ट्राचार अनियन्त्रित, महंगी झनै बढ्दै, किसान मजदुरलाई सास्ती, नेपालमा दलालको विकविकी एवं जताततै कमिसनको चलखेल देख्दा र सुन्न पाउदा सरकार कसरी हुन्छ सफल ।’

‘नेपालमा कृषिको आधुनिकिकरण बाट हैन नेपाली जनताको छोराछोरी दिनरात विदेशी मरुभुमीमा अहोरात्र खटिएर कमाएको रेमिट्यान्सले मात्र देश धानेको छ ।’ उनले भने, ‘भ्रष्ट्राचारी र तस्करीको भरियाहरुमात्र समातिएको छ । ठुला माछा भने खुल्लाम खुल्ला बाहिर नै डुलिरहेको छ । भन्नै पर्दा तिनिहरुले यतिबेलासम्म तीन पुस्तालाई पुग्ने सम्पति थन्काइ सके ।’

कार्यक्रममा नेकपा एमालेका नेता आनन्द पोखरेल, नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सिपी गजुरेल साथै नेकपा (माले) का महासचिव तथा पूर्व उपप्रधानमन्त्री सिपी मैनालीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेकपा एमालेका नेता पोखरेलले भने सरकारले सोचेको भन्दा पनि राम्रो काम गरेको बताए । उनको नजरमा सरकारको काम डिस्टिङसन नम्बरमा नै पास भएको दाबी गरे ।

‘वर्तमान सरकारले संविधानको नीति नियम अनुसार नै काम गरि अगाडि बढेको छ ।’ पोखरेलले थपे, ‘सरकारले एक बर्ष भित्रमा यातायात क्षेत्रमा भएको सिन्डिगेटको अन्त्य, छिमेकी राष्ट्रहरुसंगको मित्रता अझै गाढा बनाएको छ । सरकार समृद्ध नेपाल सुखि नेपालीको पक्षमा काम गरिरहेको छ । त्यसैले पनि होला नेपाली कांग्रेस बाहेक अन्य सबै पार्टी हाम्रै पक्षमा छन् ।’

उनले उजुरीमा परेको सबै भ्रष्ट्राचारी एवं तस्करीहरुलाई कानुनको दायरामा ल्याइसकेको बताए । ‘७० जना भन्दा धेरै त सुन तस्करी मात्र समात्न सफल भइसक्यो सरकारले । हाम्रो सरकार आउन साथै पेन्सन बढिसक्यो । रोजगारीको अवसर प्रदान र बेरोजगारीलाई भत्ता दिने सुविधा अस्ति मात्रै प्रधानमन्त्रीले घोषणा गरिसक्नु भएको छ । त्यसैले सरकार पास मात्र हैन डिस्डिक्सनमा नै सफल भएको छ ।’ पोखरेलले भन ।

नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता गजुरेलले सरकारले एक बर्ष भित्रमा तारिफ गर्न लायक कुनै पनि काम नगरेको उल्लेख गर्दै भने, ‘एक बर्षे सरकारप्रति कुनै पनि राम्रो कामको म संग तारिफ छैन । केवल छन् त मात्र प्रश्न र गुनासो ।’

‘यै सरकारको सत्तामा हुदा हुदै पनि शिक्षा र स्वास्थ्ये क्षेत्रमा निजिकरण मात्रै हैन माफिया करण नै हुन थालेको छ ।’ उनले भने, ‘कञ्चनपूरकी निर्दोष बालिका निर्मला पन्तको हत्या पछि कयौं चेलिबेटी पनि उनि जस्तै बन्त पुगे । तर, अपराधी कोही पनि समात्न सकेन ।’

गजुरेलले भने, ‘आज कयौं बाबा आमा चिन्तित छन् । ‘मेरो छोरी स्कुल पठाउन त सक्छु तर, उनि सुरक्षित घर आइपुग्ने पो हो कि हैन ।’ यस्तो मानसिक समस्या समेत भोग्न बाध्यछन् आम नेपाली जनता । अनि सरकार एक बर्षे कार्यकालको बढाई चढाई वक्तव्य पश गर्नमा नै अग्रसर ।’

उनले आफ्नै सरकार असफल भएको भनि थाहापाएर पनि यसैलाई मानि राख्नु परेकोमा गुनासो पोख्दै भने, ‘कस्तो गणतन्त्र हो यो । यतिबेला प्रतिपक्ष दलमा नेपाली कांग्रेस भएर पनि किन विरोध गर्न नसकको होला । मलाई अचम्म लाग्छ ।’

नेकपा (माले) का महासचिव तथा पूर्व उपप्रधानमन्त्री मैनालीले पनि सरकारलाई शून्य नम्बर दिएका छन् ।

उनले सरकार राम्रो कुरा गरेर सत्तामा आउन सफल भयो तर, आज नराम्रा कामहरु मात्र गरेर केवल सत्ता बचाउन खोजेको बताए । ‘नेकपाले माक्सवादलाई कोशौ पर फाली दलाल पुजीवादको पछि लाग्न थाली सके ।’ उनले भने ।

मैनालीले मदन भण्डारी राजमार्गमा पनि खरबौंको पैसा हसुर्नेमात्र चलखेल भइरहेको आरोप लगाए । उनले थपे, ‘खवरदारी गराउने प्रेसको मुख समेत थुन्न बाध्य बनाउने कानुन समेत निर्माण गरिसके ।अब मुलुक कता तर्फ जाला भनि सोच्न बाध्य छन् जनता ।’

उनले जनताको हकहित अनि सिंगो देशलाई नै बचाउने हो भने जनता नै सडकमा उत्रिनु पर्ने कुरा समत बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ७ : १६ बजे