१८ मंसिर २०८०, सोमबार | Mon Dec 4 2023

मारुनी गीत लिएर आइन बुनु श्रेष्ठ


४ फाल्गुन २०७५, शनिबार  

0
Shares

काठमाडौं । गायिका बुनु श्रेष्ठको मारुनी गीत ‘मलाई मेरै नेपाली’ को म्यूजिक भिडियो एक कार्यक्रम बीच सार्वजनिक भएको छ । कार्यक्रम मा विभिन्न संगीतकर्मी,पत्रकारहरुको उपस्थिति रहेको थियो।  प्रमोद कोईरालाको शब्द तथा संगीत रहेको गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् । पशुपति श्रेष्ठको छायाँकन तथा निर्देशनमा निर्माण भएको भिडियोमा मोडल साक्षी लम्साल, क्रिस्टिना केसी, गरिमा र आयुष्मान राजभण्डारी फिचरिङ छन् ।

बिनोद रञ्जितको कोरियोग्राफी रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । भिडियोमा नेपाली मौलिकता झल्कने नृत्य तथा दृष्यहरु छायाँकन गरिएको छ । गायिका श्रेष्ठ उक्त गीतबाट लोप हुँदै गएको नेपाली कलासंस्कृतिको जगेर्नामा केहि योगदान पुग्नेमा आशावादी छिन् भने गीतका रचनाकार तथा संगीतकार प्रमोद कोईराला उक्त गीत आफ्नो सांगितिक यात्राका लागि महत्वपूर्ण भएको बताउँछन् ।

गीतलाई महेश्वरमान राजभण्डारीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गीतमा वाद्यवादकहरु कुमार महाराज र भुवन गन्धर्वले ढोलक, तबला र मादल, अनुप दासले बेस गिटार, सञ्जिव बराईलीले लिड गिटार, गोपाल देवले बाँसुरी र कमल कुमार बि.क.ले सारङ्गी बजाएका छन्।

गायिका श्रेष्ठ उक्त गीतबाट लोप हुँदै गएको नेपाली कलासंस्कृतिको जगेर्नामा केहि योगदान पुग्नेमा आशावादी छिन् । करिब १२ वर्षको अन्तरालपछि नेपाली संगीत क्षेत्रमा कमब्याक भएकी गायिका श्रेष्ठ पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ नयाँ गीतहरु सार्वजनिक गर्दैछिन् । उनले यसअघि मात्रै ‘छ कि छैन’, ‘भगवान मेरो (प्रायश्चित)’ लगायतका गीतहरु सार्वजनिक गरिसकेकी छिन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  १ : १२ बजे