१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

किदुगमा निर्वाचित पदाधिकारीहरुलाई सपथग्रहण


Ang

५ फाल्गुन २०७५, आइतबार  

0
Shares

शेर्पा किदुगमा उर्गेन शेर्पाको नेतृत्वमा नया कार्यसमिति चयन भएको छ । कार्यसमितिको महासचिवमा कर्मा शेर्पा, कोषाध्याक्षमा छिरिङ शेर्पा चयन भएको छ । अध्यक्ष शेर्पा दोश्रो पटक पुन अध्यक्ष बनेका हुन । सदस्यहरुमा पल्जु शेर्पा, फारा देण्डी शेर्पा, कान्छी शेर्पा, ङवाङ तेन्जिङ शेर्पा, याङचेन लामा र फुर्वा शेर्पा चयन भएका छन ।

निर्वाचित कार्यसमितिले निमा नुर्ब शेर्पा, सानु शेर्पा, पासाङ दिकी शेर्पा र पेमा छेवाङ शेर्पालाई मनोनित गरेका छन । निर्वाचित र मनोनित पदाधिकारीहरुले किदुगको गुम्बामा आयोजित छेचु पुजाको दिन बौद्ध धर्म गुरु आवतारी लामाबाट सपथ लिएका छन । कार्यक्रममा निर्वाचन कमिटिका प्रमुख सोनाम शेर्पाले निर्वाचित र मनोनित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गरे । कार्यक्रममा निर्वाचन कमिटिका छोङबा शेर्पा खम्बाचे, दावा जाङबु शेर्पा र पेम्बा गेलु शेर्पाको साथै निवर्तमान कार्यसमिति र कल्चर सेन्टरका पदाधिकारीहरुको उपस्थिति थिए ।

यस पटकको किदुगको नया कार्यसमिति चयनसंगै गत फेबररी २ तारिख भएको महाधिबेसनमा गत कार्यकालमा भएको आर्थिक पक्षलाई लिएर तनाव भएको थियो । कार्यसमिति चयनकै क्रममा निर्वाचन समिति समक्ष १७ जनाले अध्यक्ष उर्गेन शेर्पा विरुद्ध गत कार्यकालमा दुई पटक साधारण सभा हुदा पनि आर्थिक प्रतिवेदन पास नभएको र कार्यसमितिको निर्णय विपरित कार्य गरेको भनी दावी विरोध बुझाएका थिए । उक्त दावी विरोध निर्वाचन समितिले महाधिबेसनमा लगेर निर्णय गरेका थिए । त्यसैको आधारमा निर्विरोध निर्वाचित ११ जना मध्ये दुई जना निवर्तमान सचिव तथा उपाध्याक्ष तेम्बा शेर्पा र सदस्य जाङबु शेर्पाले सपथ ग्रहण अगावै राजीनामा दिएका थिए । उनीहरुले राजीनामा दिएपछि रिक्त दुई पद र अन्य ४ जना मनोनित गरि ६ जना मनोनित गरेका हुन ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  २ : ५४ बजे