काठमाडौं । गायिका मेलिना राई र गायक हसन राईको आवाजमा ‘के सारो राम्री देखिएको’ बोलको म्युजिक भिडियो सार्वजानिक भएको छ ।
सोमवार राजधानीको नयाँ वानश्वोरस्थित रेड डाइमन क्याफेमा एक कार्यक्रम बिच उक्त म्युजिक भिडियो सार्वजानिक भएको हो ।
बचन राईको शब्द रहेको सो गीतलाई, पविन्द्र राईले एरेन्ज र रोशन राईले संगीत भोरेका छन् ।
बिकास लामिछाने र सुप्रिया कटुवालको मुख्य अभिनय रहेको भिडियोलाई सनम अधिकारीले निर्देशन गरेका छन् ।
कार्यक्रममा गीतकार बचन राई, गायक हसन राई, संगीतकार रोशन राई, मोडल बिकास लामिछाने, सुप्रिया कटुवाल, निर्देशक सनम अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
गीतकार राईले आफ्नो पहिलो गीत भएको उल्लेख गर्दै भने, ‘यो गीत पूर्वेली भाकामा तयार पारेको छु । साथै म्युजिक भिडियोको माध्यमबाट पूर्वको परिवेश, रिति रिवाज एवं भेष भुषालाई समेत समेट्ने प्रयास गरेको हुँ ।’
हेर्नुस भिडियो