२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

अन्तरार्ष्ट्रिय पर्यटन महिला उद्यमी अवार्ड ६ जनालाई प्रदान गर्ने पलेटीको घोषणा


१० फाल्गुन २०७५, शुक्रबार  

0
Shares

ललितपुर । पर्यटन क्षेत्रमा सक्रिय रहेका ६ महिलालाई अन्तरार्ष्ट्रिय पर्यटन उद्यमी अवार्ड प्रदान गरिने भएको छ । फागुन २२ गते होटल अन्नपूर्णमा कार्यक्रम आयोजना गरी पर्यटन क्षेत्रमा सक्रिय रहेका ६ महिलालाई उक्त अवार्ड प्रदान गर्न लागिएको पलेटीज् होलिडेले जनाएको छ ।

आज ढोकैमा क्याफेमा पत्रकार सम्मेलन गरी पलेटीज्का अध्यक्ष किशोर घिमिरेले उक्त जानकारी दिएका हुन् । उद्यमीलाई भ्वाइसेस एन्ड भिजन वमन अवार्ड नाम रहेको उक्त उद्यमी अवार्ड द्वारिका होटलकी सञ्चालिका अम्बिका श्रेष्ठ, सगरमाथा आरोही रोजिता बुद्धचार्य, पर्यटन गाइड सुनैना राउत र भारतीय सुचिता नाग्पल, मेघा शर्मा र सुकन्या एएमलाई प्रदान गरिने छ ।

अवार्ड प्रदेश नं ३ की प्रमुख एवं माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले हस्तानतरण गर्नेछिन् ।

एनआइसी एसिया बैंकको सहकार्यमा पहिलोपटक यो अवार्ड प्रदान गर्न लागिएको पलेटीज्का अध्यक्ष घिमिरेले जनाए ।

‘नेपाल सरकारले लिएको भिजिट नेपाल ट्वान्टी – ट्वान्टीको लक्ष्यलाई समर्थन र सहकार्य गरी अघि बढ्ने योजना भएको उनले बताए ।
कार्यक्रममा संस्थाका सदस्य चिराग बाङ्देल र सन् २००५ को मिस नेपाल सुगारिका केसीलगायतको उपस्थित रहेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ४ : ४६ बजे