७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

तामाङ फिल्म ‘ङ्हो’को प्रदर्शन बैशाख ७ मा, यस्तो छ पहिलो गीत


१० फाल्गुन २०७५, शुक्रबार  

0
Shares

काठमाडौं । तामाङ फिल्म ङ्हो (भाग्य)को शनिबार विशेष प्रदर्शन हुने भएको छ ।

शुक्रबार चाबहिलस्थित सैलुङअनलाइनको सभाहलमा पत्रकार सम्मेलनमार्फत निर्माणपक्षले उक्त चलचित्रको बारेमा जानकारी दिएको हो । ङ्होमा समुदायमा रहेका थरमध्ये स्वाँगेभाई सहअस्तित्व र कुटुम्ब साइनोबीच अज्ञानता र दुविधाले पारिएको समस्यालाई चलचित्रमा उजागर गर्न खोजिएको निर्देशक भुवन स्याङ्बो तामाङले बताए ।

प्रमुख अतिथि बरिष्ठ अभिनेता जयनन्द लामाले चलचित्रमार्फत आफ्नो मौलिकता प्रस्तुत गर्न पछिल्लो पुस्ता लागि परेकोमा गर्व लागेको बताए ।

तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले तामाङ फिल्म हेर्न हलसम्म जान सक्नुपर्ने बताए ।

फापरे फिल्मस् प्रालिको तेस्रो प्रस्तुतिमा बनेको चलचित्रको निर्माता सुनिमाया तामाङ हुन् । त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र उत्तरी धादिङको रुबीभ्याली क्षेत्र र आसपासमा बोलिने भाषालाई चलचित्रमा प्रयोग गरिएका नायक किसमान तामाङले बताए ।

सम्मेलनमा उक्त चलचित्रको कादे ज्याबा ह्याङ्ला माया…. बोलको गीत सार्वजनिक गरियो । गीतमा फुलकुमार बम्जनको शब्द, टीका बम्जनको संगीत र स्वरमा जितु लोप्चनको पनि साथ रहेको छ । एरेञ्ज पवनवाङ लामाले गरेका हुन् ।

फिल्म धादिङको गंगाजमुना गाउँपालिका, लताव, धुसेनी, तावल, काठमाडौंका केही भाग र सिन्धुपाल्चोकको गुफाडाँडा लगायतका सुन्दर स्थानमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।

२०७६ को नयाँ वर्ष संघारमा राष्ट्रिय सभागृहमा बैशाख ७ गते च्यारिटी शो गरिने जानकारी दिए ।

ङ्होमा आरम्भ तामाङ, किसमान तामाङ, निर्मला तामाङ, एलेक्स घले, छिमी माम्बा, मारनेन वाइबा, अनिता तामाङ, डोल्मा तामाङ, राजन तामाङ, निलमान तामाङ, रोज तामाङ, रिमान तामाङ, विजय तामाङ, झरना गुरुङ, सुमी तामाङ र बाल कलाकार तेञ्जिङ सोनामले अभिनय रहेको छ ।

नरमान (रविन) तामाङको पटकथा, राहुल राई र सुर्य लामा छायांकन र राजु तामाङ द्वन्द्व निर्देशन गरेका छन् । द पिक स्टुडियोले पाश्र्व संगीत गरेका छन् भने गीतमा टिका बम्जन, सागर एस वाइबा, आरम्भ तामाङ, जितु लोप्चनको स्वर रहेका छन् ।

टीका बम्जन र सागरएस वाइबाको संगीतमा पवनवाङ लामाले एरेञ्ज गरेका छन् । विष्णु खड्का, सुर्य लामा सम्पादनमा निर्मित चलचित्रको कलरिङ भिएफएक्स विकास ज्ञवाली रहेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ८ : ५९ बजे