काठमाडौं । विजयराज आचार्यको लेखनमा रहेको नाटक ‘तिनीहरु कहाँ गए होलान् ?’ थापागाउँस्थित कुञ्ज नाटकघरमा तीन दिनसम्म प्रदर्शन भयो ।
पुष्पराज अवस्थीको निर्देशनमा तयार भएको नाटक १२ गतेबाट सुरु भएको थियो ।
शुभकामना एकेडेमीको प्रस्तुतिमा रहेको नाटकमा ४ कक्षा देखि ८ कक्षा सम्ममा अध्यनरत विद्यार्थीहरुको अभिनय रहेको थियो ।
नाटकघरमा प्रमुख अतिथि पूर्वसांसद सुर्य बहादुर सेन ओली, साहित्यकार प्रभाकर देव शर्मा, साहित्यकार पुष्करराज भट्ट, बाल साहित्यकार एवं पत्रकार नेत्र तामाङलगायतको उपस्थित रहेको थियो ।
साहित्यकार भट्टले नाटकको माध्यमबाट ग्रामिण भेगका मानिसहरुले गरिहेका त्रुटिहरुलाई औलाउने भूमिका खेल्ने बताए ।
पत्रकार तामाङले नाटक राम्रो भएको तारिफ गर्दै भने, ‘विजय सर आफैमा राम्रो लेखक हुनुहुन्छ । यो नाटक मलाई त असाध्यै मन पर्यो । अझै लामो भइदिए हुन्थ्यो जस्तो लाग्यो ।’
साहित्यकार शर्माले नाटकको सन्देश र बालबालिका अभिनय दुबै उत्कृष्ट भएको उल्लेख गरे ।
प्रमुख अतिथि पूर्वसांसद सेनओलीले मानिसको व्यक्तित्व विकास गर्ने मार्गहरु मध्य नाटक पनि एक भएको कुरा प्रष्ट पार्दै भने, ‘यो नाटकको भाव एकदमै अब्बल छ । साथै नानीबाबुहरुको अभिनय पनि उत्तिकै दमदार लाग्यो ।’
लेखक आचार्यले सम्पूर्ण सहयोगी मनहरुको कारण नाटक भव्य रुपमा नै सम्पन्न भएको उल्लेख गर्दै भने, ‘तीन दिनको समयमा १५ ओट स्कुलका करिब ११ सय विद्यार्थीहरुलाई देखाउन सफल भयौं ।’
उनले आफ्नो स्कुलका विद्यार्थीहरुलाई पनि बालकथा एवं नाटकहरु पनि लख्न सिकाउदै आएको उल्लेख गर्दै भने, ‘तपाईहरुको सुझावलाई मध्यनजर गर्दै आउदो दिनहरुमा परिमार्जित गर्ने छु ।’
सम्पूर्ण अभिनय गरेका विद्यार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्दै कार्यक्रमको समापन भएको थियो ।