६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

क्यालिफोर्नियाका नेपाली दिदी भाईले जिते स्वर्ण र कास्यपदक


Ang

१७ फाल्गुन २०७५, शुक्रबार  

0
Shares

क्यालिफोर्निया राज्यको शान्ता आना शहरमा हालै सम्पन्न ४८ औ अन्तराष्ट्रिय गूड् वील् सितेरीयो कराते डो गेन्बु काइ प्रातियोगितामा एकै परिवारका दुई जनाले स्वर्ण र कास्य पदक जितेका छन ।
करिब ७ सय प्रतिष्प्रर्धिहरुले भाग लिएको उक्त प्रतियोगितामा ८ बषिर्य बिल थापाले स्वर्ण पदक र रजत पाएका थिए भने उनका ११ बषिर्य दिदी सनिभा थापाले कास्य र रजत पदक जितेका थिए । उनीहरु दुबैले काता र कुमुते दुबैमा प्रतिष्प्रर्धा गरेका थिए ।

विजेता दुबै जना मोरेनोभ्याली क्यालिफोर्निया निवासी सरोज थापा र लिला थापाको छोरा र छोरि हुन ।
बिल थापाले १२ विभिन्न मुलुकका ८ देखि ९ बर्ष उमेर समुहको बाल खेलाडीहरु वीच प्रतिष्प्रर्धा गरेका थिए भने सनिभाले १८ देशका ११ देखि १२ बर्ष उमेर समुहको महिलाहरु वीच प्रतिष्प्रर्धा गरेका थिए । प्रतियोगितामा विजेता हुनेहरुलाई मिस जापान, मिस फिलिपिन्स, मिस थाई र मिस कोरियाले पुरस्कार वितरण गरेका थिए । अमेरिकामा विगत ४८ बर्ष देखि निरन्तर रुपमा सम्पन हुदै आएको यो प्रतियोगितालाई गौरबमय प्रतियोगिताको मान्दै आएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  १० : ४८ बजे