२८ माघ २०८१, सोमबार | Tue Feb 11 2025

मिस तामाङ २०१९ को ताज सरिता पाख्रिनको शिरमा


१८ फाल्गुन २०७५, शनिबार  

0
Shares

काठमाडौं: मिस तामाङ २०१९ को ताज सरिता पाख्रिनले पहिरेकी छिन् । नेपाल प्रज्ञाप्रतिष्ठानमा आज भएको फिनालेमा २२ प्रतिस्पर्धीलाई पछि पार्दै सरिताले ताज पहिरेकी हुन् । उनलाई मिस तामाङ २०१८ की विजेता मिमरन स्याङ्बोले ताज पहिर्‍याइदिइन् । त्यस्तै फस्ट रनरअप सबिना दोङ, सेकेन्ड रनरअप अप्सरा स्याङ्तान, थर्ड रनरअप कबिता योञ्जन र फोर्थ रनरअप लक्किसा स्याङ्बो भएका छन् ।

एभरेष्ट फेशन होम र नेपाल तामाङ कला सँस्कृति केन्द्रको संयुक्त आयोजनामा भएको मिस तामाङको विजेताले १ लाख नगद र सिल्बर क्राउन, गिफ्ट हेम्पर, त्यस्तै फस्ट रनर अपलाई ५० हजार नगद, सिल्भर क्राउन र गिफ्ट हेम्पर, सेकेन्ट रनरअपलाई २५ हजार नगद, सिल्भर क्राउन र गिफ्ट ह्यम्पर पाएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ७ : १५ बजे