एनआरएन अमेरिकाको नया नेतृत्वको लागी आगामी मे महिनाको दोश्रो सातातिर निर्वाचन हुने भएको छ । यस पटकको निर्वाचनमा उम्मेद्धवरहरुको सुविधाको लागी अनलाइनबाटै उम्मेद्धवर दरखस्त दिने व्यवस्था गर्न लागेको निर्वाचन समितिको प्रमुख विश्व बरालले बताए । उनका अनुसार गत वर्ष उम्मेद्धवरले नोटरि पब्लिक गर्नु पर्ने झन्जटीलो कार्य यस पटक हटाएर अनलाइनबाटै उम्मेद्धवरले फाराम भर्न मिल्ने , सर्मथक र प्रस्तावक पनि अनलाइनबाटै छानेर राख्न मिल्ने बनाउन लागेको छ । ‘ यसै पटकदेखि भविष्यमा हुने निर्वाचनमा पनि कुनै पनि उम्मेद्धवर दरखस्त दिन कठिन नहोस भन्ने उद्धेस्यले अनलाइनबाटै फाराम बुझाउने, प्रस्तावक सर्मथक राख्न र शुल्क तिर्न मिल्ने गरि सजिलो बनाउन लागेको हो ‘ निर्वाचन प्रमुख बरालले बताए ।
पेशाले सफटवेयर इन्जिनियर बराल गत निर्वाचन कमिटिमा सदस्यको रुपमा कार्य गरेका थिए ।
गत वर्षको निर्वाचनमा भोगेका कमि कमजोरिलाई महसुुस गरि यस पटक फरक अनलाइन भोटिङ कम्पनिसग कुराकानी गरिरहेको उनले बताए । गत निर्वाचनमा राम्रो गरेपनि मतदान सके लगतै भएको प्रविधिक त्रुटि र कमजोरिले ठुलो पाठ सिकाएको निर्वाचन प्रमुख बरालले बताए । उनका अनुसार एनआरएन अमेरिकाले गत बर्ष इलेक्सन बोडीसग र त्यस अघि सिम्पली भोटिङको माध्यामबाट निर्वाचन गराएकेा थियो । दुबै कम्पनिबाट भएका निर्वाचन विवाद भएको थियो । गत वर्षको निर्वाचनमा भएको कमिजोरिलाई लिएर मुद्धाममला समेत भएको थियो । विगतमा भएको कमिकमजोरि सम्झेर यस पटक दुबै कम्पनि भन्द फरक अहिलेको लोकपि्रय इभोटिङ कम्पनि मार्फत निर्वाचन गराउनका लागी छलफल भइरहेको उनले बताए । यस पटक निर्वाचन कमिटिको प्रमुखमा विश्वनाथ बराल, सदस्यहरुमा कानुन व्यवसायी बासु फुलारा, बाल्टिमोरका कुल आचार्य, टेक्सासको खडका उप्रेती र क्यालिफोर्नियाका हेम भट्ट रहेका छन । यो कमिटिले निर्वाचन तयारीकै लागी तीन पटक बैठक बसिसकेका छन ।
निर्वाचन कमिटिले कार्यसमितिबाट आएको मतादाता नामवाली आएको वितिकै एक पटक हेरेर तत्कालै प्रकाशन गर्ने योजना रहेको निर्वाचन प्रमुख बरालले बताए । मतदाताको नामवाली प्रकाशन गरेको वितिकै काहीबाट सदस्यतामाथि शंका लागेमा तीन दिनभित्रमा दावी विरोध गर्न सकिने भएको उनले बताए । यदि कसैको मतदातामाथि नामवालीमाथि दावीविरोध आएन भने निर्वाचन कमिटिले निर्वाचन आचार संहिता जारी गर्नुको साथै निर्वाचन तालिका र सुचनाहरु दिने तयारी गरिरहेको छ । यस पटकको निर्वाचनमा कमिटिले केन्द्रमा उम्मेद्धवरी दिनेहरुको शुल्क बडाउने भएको छ भने च्याप्टरहरुमा उम्मेद्धवरी दिनेहरुको शुल्क भने घटाउने भएको छ । ‘ गत वर्षको निर्वाचनमा केन्द्रमा धेरै उम्मेद्धवर भएपनि विभिन्न राज्यहरुबाट कम उम्मेद्धवरहरु भएकोले यस पटक च्याप्टरहरुमा उम्मेद्धवरी दिनेहरुको शुल्क घटाउने भएको छ ‘ । उनका अनुसार गत निर्वाचनमा अध्यक्षमा उम्मेद्धवरी दिनेले १ हजार तिरेपनि यस पटक १५ सय देखि २ हजारसम्म हुने भने महासचिवलाई १ हजार शुल्क हुन सक्ने छ ।
एनआरएनमा ९ हजार ६ सय ५२ जना सदस्य
एनआरएन अमेरिकामा यस पटक ८ हजार ९ सय २३ जनाले सदस्यता आवेदन दिएकोमा ८ हजार ८ सय ६१ जनाले सदस्यता प्राप्त गरेको छ । यसमा पुरानो ५ सय ९१ जना आजीवन सदस्य समेत थप गरि ९ हजार ४ सय ५२ जनाले सदस्य बनेका छन । सदस्यता आवेदन दिएर पनि प्रक्रिया नमिलेको ६२ जनाको सदस्यता स्वीकृत हुन नसकेको सदस्यता आन्तरिक प्रमाणीकरण समितिको सदस्य पवन योन्जनले बताए । उनका अनुसार आवेदन दिने सवैलाई सदस्यता दिउ भनेतापनि ६२ जनालाई फोन, मेसेज र इमेल गर्दा पनि सम्पर्क हुन नसकेपछि सदस्यता अस्वीकार गरेको हो । सदस्यता बनेकाहरुले आगामी निर्वाचनमा मतदान गर्न पाउने भएको छ । कार्यसमितिले अन्तिम नामवाली यही मार्चको १५ तारिखभित्रमा निर्वाचन कमिटिलाई बुझाउन लागेको सदस्य योन्जनले बताए । यस पटक अमेरिकाको विभिन्न २५ भन्द बढि राज्यहरुबाट एनआरएनको सदस्य बनेका छन । जसमा सवैभन्द बढि न्युयोर्कबाट २२ सय ३९ जना सदस्य बनेका छन भने टेक्सासबाट १७ सय ८० जनाले सदस्य बनेका छन । यस पटक सदस्यता प्रक्रियालाई व्यवस्थित र विश्वासिलो बनाउन हरेक सदस्यहरुको सम्बन्धीत राज्यले जारी गरेको व्यक्तिगत परिपत्र मागेका थिए ।
आगामी नेतृत्वको लागी चर्चामा ५ जना
एनआरएनए अमेरिकाको आगामी निर्वाचनमा नेतृत्वका लागि कार्यसमितिको बरिष्ठ उपाध्याक्ष सुनिल शाह, बोर्ड अफ डाइरेक्टर सन्जय थापा, बोर्ड अफ डाइरेक्टर डा अर्जुन बन्जाडे र पुर्व बोर्ड अफ डाइरेक्टर सूर्य लम्साल, प्रबक्ता विनोद कुमार तिवारीले समेत गरि ५ जनाले अध्यक्ष पदमा उम्मेद्धवर दिने चर्चामा चलेका छन । त्यस्तै वरिष्ठ उपाध्यक्षहरुमा जेदु पोखरेल, अमृत सापकोटा र सञ्जीव श्रेष्ठ लगायतले सामाििजक सन्जालमा उम्मेद्धवारी सार्वजनिक गरेका छन् । त्यस्तै सामाजिक सन्जालमै सचिवका लागि भानु खरेल, रेवती अधिकारी र अमृत कटेलको नाम सामाजिक सञ्जालमा देखिएको छ । कोषाध्यक्षमा रविन बज्राचार्य र बन्धु पोखरेलले उम्मेदवारी दिने भएको छ । त्यस्तै कोषाध्याक्षमा नृपेन्द्र धिताल र सतेन्द्र साहको नाम देखिन थालेको छ । यस पटकको निर्वाचनमा पनि कसलाई नेतृत्वमा पठाउने भन्नेमा नेपाली कंग्रेसको भातृसस्था जन सम्पर्क समिति र नेकपा एमालेको भातृ सस्था प्रवासी नेपाली मञ्चले आन्तरिक रुपमा गृहकार्य गरिरहेका छन ।