२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

ट्राभल हिमालय म्यागजिनले २० औं बार्षिकोत्सव मनायो, परराष्ट्रमन्त्री ज्ञावलीले दिए शुभकामना


२६ फाल्गुन २०७५, आइतबार  

0
Shares

काठमाडौं । बेलायतको हिमालय इन्टरनेस्नल पब्लिकेसनद्वारा प्रकाशन हुने ट्राभल हिमालय म्यागजिनको २० औं बार्षिकोत्सव सम्पन्न भएको छ ।

आइतवार लाजिम्पाटस्थित साङ्ग्रिला होटलमा एक समारोह बिच ट्राभल हिमालय म्यागजिनको २० औं बार्षिकोत्सव मनाएका हुन् ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञावली, ट्राभल हिमालय म्यागजिनका प्रबन्ध निर्देशक राजाराम गिरी, भारतीय दूतावास मन्जिभ सिंङ पुरी, नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी अधिकृत प्रचण्ड मान श्रेष्ठ, नेकपाका नेता अग्नि प्रसाद सापकोटा, उद्यमी तथा लेखक कर्ण शाक्य लगायत नेपाली एवं विदेशी पर्यटन व्यावसायीको उपस्थिति रहेको थियो ।

परराष्ट्रमन्त्री ज्ञावलीले ट्राभल हिमालय म्यागजिनले नेपालमा पर्यटन भित्राउन उल्लेखनिय योगदान पुर्याएको उल्लेख गर्दै उनले शुभकामना साथै धन्यवाद समेत दिए ।

मन्त्री ज्ञावलीले नेपाल पूर्णरुपमा प्रकृतिले भरिपूर्ण रहेको प्रष्टपार्दै भने, ‘देशको सुन्दरताको विना प्रचार प्रसार पनि प्रयाप्त पर्यटकलाई भित्राउन सकिन्दैन । र नेपालको प्राकृतिक स्रोतहरुको प्रचारप्रसारमा यो म्यागेजिनले महत्वपूर्ण भूमिका खेलेको छ ।’

नेपालमा पर्यटन आगमनको संख्या पनि बढ्दै गइरहेको उनले प्रष्ट पार्दै भने, ‘नेपालले पर्यटन क्षेत्रमा राखेको लक्ष्य ट्वान्टी – ट्वान्टी पूरा नहुनेमा कुनै सङ्का नै भएन ।’

मन्त्री ज्ञावलीले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रविन्द्र अधिकारीले छोटो समयमा भएपनि नेपालमा पर्यटन प्रवर्धन गर्न महत्वपूर्ण भूमिका रहेको पनि दाबी गरे ।

ट्राभल हिमालय म्यागजिनका प्रबन्ध निर्देशक गिरीले २० बर्षे यात्रा नेपालको पर्यटन प्रवर्धन गर्नमा नै लागिपरेको बताएका थिए ।

‘नेपालमा पर्यटन श्रेत्रको मात्रै पूर्ण रुपमा विकास गर्न सके नेपाली युवा कसैको देशमा आफ्नो जीवन दासत्तोमा विताउन पर्दैन ।’ उनले थपे, ‘हामीले म्यागेजिनको माध्यम बाट नेपाललाई बहु पर्यटकिय देश बनाउने लक्ष्य राखेका छौं । बिस बर्षे यात्रामा नेपालले निकै रुप परिवर्तन गरिसकेको छ ।’

गिरीले नेपालको प्रकृतिको शक्ति नै आर्थिक विकासको मुल आधार रहेको बताए । ‘आफुहरुले सय प्रतिशत नै काम गर्दा पनि नेपालको धुले तथा सानो रोड, नदी प्रदुषन, अव्यावस्थित फोहोर, सार्वजानिक चर्पीको अभाव भएका पनि प्रदुषित लगायतले पर्यटकको आकर्शन भने जस्तो बृद्धि भइरहेको छैन ।’ निर्देशक गिरीले भने ।

नेपाल पर्यटन बोर्डका पूर्व कार्यकारी अधिकृत श्रेष्ठले ट्रभल हिमालय म्यागेजिनलाई बिस बर्षे कार्यकालको बधाई तथा शुभकामना ज्ञापन गरे ।

उनले नेपाल पर्यटन प्रवर्धनगर्नमा सेटिङ अनुसार नै चलिरहेको टिप्पणी गर्दै भने, ‘नेपालमा हाल पर्यटकको आकलन गरेको भन्दा पनि धेरै नै आगमन भइरहेको छ ।’

पर्यटन क्षेत्रमा सकृय यो म्यागजिन सन् १९१९ मा सञ्चालन आएको हो । यो म्यागेजिन नेपाल, भुटान, तिब्बत, म्यानमार, पाकिस्तान र भारतमा प्रकाशन हुन्छ । यसको मुख्य कार्यलय भने बेलायतमा रहेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ७ : २६ बजे