७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

एनआरएन अध्यक्ष पौडेल र कानुन व्यवसायी क्षेत्री सहित दुई नेपाली सम्मानीत


Ang

२९ फाल्गुन २०७५, बुधबार  

0
Shares

एसियन अमेरिकन प्यासिफिक आइल्याण्डर ककस ( एएपि) ले एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेल र बरिष्ठ कानुन व्यवसायी तथा एनआरएन अमेरिकाका पुर्व अध्यक्ष खगेन्द्र क्षेत्रीलाई मेरिल्याण्डमा सम्मान गरेको छ ।

उनीहरुसगै श्याम कार्की र धु्रव वन्तलाई पनि सम्मान गरेको छ । अध्यक्ष डा पौडेल र कानुन व्यवसायी क्षेत्रीले अमेरिकी नेपाली समुदायमा विभिन्न माध्यमबाट गदै आएको योगदानको कदर गदै उक्त सम्मान गरेको जनाएको छ ।

उनीहरुले सस्थागत रुपमा सफल नेतृत्वसंगै अमेरिकी मुलधारको राजनितिमा प्रवेश गरेका एचभि भण्डारीको चुनावी अभियानलाई सघाएकोमा पनि उक्त सम्मान गरेको छ । कार्की र वन्तले पनि भण्डारीको निर्वाचनलाई सघाएको भनी सम्मान गरेको छ । सम्मान मेरिल्याण्ड राज्यको विधान सभा सदस्य एचभि भण्डारीको पहलमा भएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  १० : १७ बजे