काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीलाई सरकारले मन्त्रीसरहको कूटनीतिक मर्यादा उपलब्ध गराउने निर्णय गरेको छ ।
पछिल्लो मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको बिहीबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
यसैगरी सरकारले भारतका लागि हालै नियुक्त भएका नेपाली राजदूत निलाम्बर आचार्यलाई पनि मन्त्रीसरह मर्यादा उपलब्ध गराउने निर्णय गरेको छ ।
यसअघिको चीन र भारतको राजदूतलाई मन्त्रीसरह मर्यादा कायम गरेको थियो ।
चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई पनि मन्त्रीस्तरीय कूटनीतिक दर्जा यसअघि नै दिइसकिएको छ ।
विदेशस्थित राजदूतहरु प्रोटोकलमा सहसचिव सरहको पद हुने गर्छन् ।