ल्होसारको अवसरमा न्युर्योमा हुदै आएको ल्हास्सो कार्यक्रम यस पटक अपि्रल महिनाको १४ तारिख अपस्टेट न्युयोर्कमा हुने तयारी भएको छ । यस अघि शाक्य गुम्बा वाल्देनमा हुदै आएको ल्हाप्सो यस पटक काग्यु थोप्तेन छोलिङ गुम्बामा हुने भएको आयोजक समितिका सदस्य सोनाम तेन्जिङ बरुवाले बताए । यो गुम्बा 245 sheafe Rd, Wappingers Falls, NY 12590 मा रहेको छ ।
उनका अनुसार यस पटक पनि विगत झै विहानीपखको पुजासंगै दिउसो धार्मिक नृत्यहरुको साथमा बालबालिकाहरुको लागी मनोरञ्जनात्माक कार्यक्रम हुन लागेको छ । डेट घण्टाको दुरिमा रहेको कार्यक्रम स्थलमा सहभागी हुनेहरुको लागी ज्याक्सनहाइटको रुजभेल्टको सिक्सटी नाइन स्ट्रीट र ब्रुकलिनको कटलि रोडमा बसको व्यवस्था गरेको उनले बताए । गुम्बाको क्ष मता १५ सय मात्र अटाउने भएकोले यही मार्च १७ तारिखको बेलुकीबाट टिकट विक्रि बन्द गरिने भएको उनले बताए ।
न्युयोर्क आपसपासमा रहेकाले सम्बन्धीत आयोजक समितिको सदस्यबाट टिकट लिन सकिने र न्युयोर्क बहिर हुनेहरुको लागी अनलाइनबाट समेत टिकट किन्न सकिने व्यवस्था भएको सोनामले बताए । यस पटकको आयोजक समितिको सदस्यहरुमा वाङछु शेर्पा सोताङ सोलु, दोर्जी शेर्पा गोलि पिके सोलु , आङ छोग्याल शेर्पा कुरिमा सोलु, दावा शेर्पा तल्लो गार्मा सोलु, छिरिङ टि शेर्पा मैना पोखरी दोलखा, नुर्बु शेर्पा सुन्दर्चे सिन्धुपाल्चोक, साम्तेन जि शेर्पा खुम्जुङ सोलु , पासाङ काजी शेर्पा छुलेमु सोलु, दावा शेर्पा चौरिखर्क सोलु, आङ फुरि लामा बाम्ती भण्डार रामेछाप र सोनाम टि बरुवा लुङथाङ ताप्लेजुङ रहेका छन । यो कार्यक्रमको लागी थप जानकारी शेर्पा किदुगको वेभसाइडमा राखिएको आयोजकले जानकारी दिएको छ ।