७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

काठमाडौं युथ कनक्लेभ – २०७५ मा, श्रृंखला खतिवडाले भनिन् : सफलता निरन्तरताले दिन्छ


५ चैत्र २०७५, मंगलबार  

0
Shares

काठमाडौं । युनिभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेशनल कलेज, काठमाडौं मोडल कलेज तथा हिमालय कलेज अफ इन्जिनेरिङको संयुक्त आयोजनामा ‘काठमाडौं युथ कनक्लेभ–२०७५’ भएको छ ।

मंगलवार राजधानीको कमलादिस्थित नेपाल प्रज्ञाप्रतिष्ठान भवनमा पाच कलेजको संयुक्त लगानीमा ‘काठमाडौं युथ कनक्लेभ–२०७५’ भव्य रुपमा सम्पन्न भएको हो ।

नेपालको सम्पूर्ण युवायुवतीलाई एउटै मञ्चमा सहभागी गराई, अनुभवी तथा उल्लेख्य प्रगति गरेका व्याक्तिहरुको ज्ञान, सीप एवं अनुभवहरु वाँड्न साथै युवाहरुलाई स्वदशमा नै विकासमा उत्साहित, अभिप्रेरणा तथा दिशानिर्देश गराउने उद्यश्यका साथ उक्त कार्यक्रम आयोजना गरेको युनिभर्सल कलेज प्राचार्य डा.शिवदत्त ज्ञवालीले बताए ।

उनले यसपालीबाट सुरु भएको र प्रत्येक बर्ष अब सञ्चालन गर्ने पनि जानए । १८ बर्ष देखि २० बर्ष उमेर समुहका करिव ३ हजार युवायुवतीहरुको सहभागीताको रहने सो कार्यक्रम विहन १० बजे देखि बेलुकी ५ बजे सम्म सञ्चालन भएको थियो ।

उक्त कनक्लेभको प्रमुख अतिथि नेकपाका प्रतिनिधि सभाका सदस्य योगेश भट्टराई, अतिथि मिस नेपाल–२०१८ श्रृंखला खतिवडा, नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का, हास्यकलाकार सन्दीप क्षेत्री, गायक स्वप्न सुमन लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेकपाका प्रतिनिधि सभाका सदस्य भट्टराईले नेपालबाट बैदेशिक रोजगारीको क्रममा पलायन युवाको संख्या घट्दै गएको उल्लेख गर्दै भने, ‘अब युवाले स्वदेशमा नै केही गर्ने प्रण लिनु पर्छ । र सिंगो देशको विश्वास नै युवामाथी रहेको छ ।’

उनले अमेरिका पनि हिजोको दिनमा गरिव देशनै भएको किटान गर्दै भने, ‘हामीले केही गर्ने बेला आएको छ । समय यै हो । अब बैदेशिक यात्रालाई त्यागेर हेरक युवा स्वदेशी उद्यमी बन्न आवश्यक छ ।’

नेपाली क्रिकेट टिमका कप्तान खड्काले सपना ठुलै देख्नु पर्ने बताए । ‘सानो सपनाले सानै सफलता पाउछ अनि आफुमात्र परिवर्तन भइन्छ । तर, जब हामीसंग ठुलो सपना हुन्छ तब देश नै परिवर्तन गर्न सक्छौं ।’ उनले भने ।

मिस नेपाल–२०१८ श्रृंखला खतिवडाले सफलता कडा मेहनत र निरन्तरता बाट प्राप्त गर्न सकिने दाबी गरेकी थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी विज्ञ अस्गर अलीले ‘द फ्युचर अफ ई–कमर्स एण्ड आईटी सेक्टर ईन नेपाल र द जर्नी फ्रम स्र्टाटअप्स टु अन्टरप्रेन्युअर’ शीर्षकमा प्रवचन दिएका थिए । भने, हाँस्यकलाकार सन्दिप क्षेत्रीले ‘स्ट्याण्डिङ आउट विथिन मास’ नामक शीर्षकमा प्रवचन दिएका थिए ।

कार्यक्रममा विभिन्न गीतमा नृत्य पनि प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ८ : १९ बजे