काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा सुरु भएको छ ।
बिहान ८ बजेबाट सुरु भएको परीक्षामा सहभागी हुन परीक्षार्थीहरु आफ्नो प्रवेश पत्र सहित परीक्षा केन्द्रमा पुगेका थिए ।
परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् ।
यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार संचालन भएको हो। यस परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी भएका छन् ।
परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् । परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी सहभागी हुँदैछन् । त्यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी हुँदैछन् ।
एसइई परीक्षा आगामी २१ गतेसम्म सञ्चालन हुने छन् ।