१८ कार्तिक २०८१, आइतबार | Sun Nov 3 2024

लगानी सम्मेलन : प्रारम्भिक चरणमा १० अर्ब लगानी गर्ने एनआरएनएको प्रतिबद्धता


१६ चैत्र २०७५, शनिबार  

0
Shares

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा प्रारम्भिक चरणमा सरकारसँग मिलेर १० अर्ब भन्दा बढीका परियोजनामा यसै वर्ष लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष स्थापनाका लागि लगानी सम्मेलनमा समझदारीसमेत भएको एनआरएनएका प्रवक्ता भुषण घिमिरेले जानकारी दिए । समझदारीपत्रमा एनआरएनए अध्यक्ष भवन भट्टले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नेपाल सरकार समेतको लागानीमा स्थापना हुने यो कोषको अधिकृत पुँजी २० अर्ब रुपैया र चालु पुँजी १० अर्ब रहनेछ । कोषको ८५ प्रतिशत पुँजी बिभिन्न हैसियतमा विदेशमा रहेका गैर आवासीय नेपालीहरुलाई शेयर वितरण गरि संकलन गरिनेछ ।

गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछानेका अनुसार नेपाल बाहिर रहेका गैरआवासीय नेपालीलाई शेयर होल्डर बनाउने गरि यो इन्भेष्टमेन्ट कोष गठन हुनेछ । कोषमा नेपाल सरकारको पनि सामान्य हिस्सा रहनेछ ।

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ११ : ५८ बजे