आङछिरिङ शेर्पा/न्युयोर्क
न्युयोर्क सिटीमा कक्षा ८ पछि हाइस्कुलका लागि स्पेसलाइज हाइस्कुल एडमिसन टेस्ट (SHSAT) परीक्षामा राम्रो अंक ल्याएर न्युयोर्ककै राम्रो हाइस्कुलमा पढ्ने अवसर पाउने नेपाली विद्यार्थीहरुको संख्या बढ्दो छ । यही परीक्षामा ट्याग योङ स्कुलमा अध्ययनरत राज बज्राचार्यले आफू पढिरहेको विद्यालयबाटै सबैभन्दा बढी अंक ल्याएर राम्रो हाइस्कुल पढ्ने मौका पाएका छन् ।
राजले ६ सय ९६ अंक ल्याउन सफल भएका छन् । हरेक वर्ष करिब ३० हजार विद्यार्थीले स्पेसलाइज स्कुलमा अध्ययनका लागि दिइने उक्त परीक्षामा ट्याग योङ विद्यालयबाट १३ बर्षे राजसँगै ८० जना विद्यार्थीले परीक्षा दिएका थिए । ती विद्यार्थीमध्ये ३८ जना उत्तीर्ण भए । जसमा राज उच्चतम अंक ल्याउन सफल भएका हुन् । यो सफलतासँगै राज आगामी सेप्टेम्बरबाट ब्राङस हाइस्कुल अफ साइन्समा ९ कक्षामा अध्ययन गर्न जादैछन् ।
गिफ्टेड एन्ड ट्यालेन्टेट स्कुलको रूपमा चिनिएको ट्याग योङ मिडल स्कुलमा राजले किन्डर गार्डेनबाटै राम्रो अध्ययन गर्दै आएकोले पनि यो सफलता हात पारेको अभिभावकहरु बताउँछन् । स्कुलमा सधैभरी उत्कृष्ट हुँदै आएका राज अनुशासित पनि थिए । अध्ययनसँगै वादविवाद प्रतियोगितामा भाग लिँदै आएका उनी हालै न्युयोर्कमा सिटीको एक विद्यालयमा भएको ‘साउदी अरेबियामा हतियार बेच्न मिल्छ कि मिल्दैन’ विषयक वादविवाद प्रतियोगितामा दोस्रो भएका थिए ।
पाटनको गाबाहल निवासी रविन बज्राचार्य र शर्मिला शाक्यको जेठो छोरो राजले ट्याग योङ स्कुलमा पनि सानैदेखि राम्रो अध्ययन गर्दै आएकोले यो सफलता मिल्दै आएको बुबा रविन बताउछन् । राजसहित उनको ३ जना सन्तान ट्याग योङ स्कुलमा पढाइरहेका छन् । ‘छोराले अध्ययनमा निकै रुचि र मेहनतका साथ लाग्दै आएकोले ट्युसन विना पनि यो सफलता मिलेकोमा हामी निकै खुसी छौ,’ राजको बुबा रविनले भने, ‘उनको सफलताले खुसी त दिलायो तर अब उच्च अध्ययनसँगै हामीबाट छुट्टिएर कतै टाढा पो हुन्छ की भन्ने चिन्ताले पनि सताउन थालेको छ ।’ सन् १९९७ मा हस्तकला मेलामा भाग लिने सिलसिलामा न्युयोर्क आएका राजको बुबा रविन एनआरएनए अभियान्त ,रेडियोलोजी टेक्निसियसन र आमा शर्मिला बज्राचार्य सन २००३ बाट ब्रुकलिन कलेजबाट पढाउन थालेर अहिले ३ विभिन्न क्युनी कलेजहरूमा पढाइरहेकी छिन् ।
सलज रिजाल स्टाभेसन्ट
न्युयोर्कको क्विन्सस्थित उडहेभन ब्लुबर्ड नजिकै रहेको हवार्डविच स्कुलमा अध्ययनरत सलज रिजालले पनि एसएचएसएटी परीक्षामा राम्रो अंक ल्याएर स्टाभेसन्ट हाइस्कुलमा अध्ययन गर्ने अवसर पाएका छन् । १४ वर्षीय सलजले सानैदेखि गिफट एण्ड टयालेन्ट यो स्कुलमा अध्ययन गर्दा गर्दै यो सफलता मिलेको छ ।
सलज रिजाल नेपालको इटहरी निवासी बिराज रिजाल र संगीता उप्रेती को छोरा हुन् | उनी Howard Beach को PS232 Walter Ward School को गिफ्टेड एन्ड ट्यालेन्टेट प्रोग्राम मा कक्षा आठमा अध्यनरत छन् | भर्खरै मात्र उनले Queens South the school quiz प्रतिस्पर्धामा प्रथम भएका थिए | उनले अमेरिकाको लोकपि्रय Netflix Series Unbreakable kimmy Schmidt 2015 र HBO Crashing 2017 सिरिस लगाएत अन्य Short movies मा पनि अभिनय गरेका छन् |
बिराज न्युयोर्कको सिपिए हुन् । सलज सानैदेखि पढाइ र लेखाइमा राम्रो भएकोले पनि यो अवसर पाएको बुबा विराजले बताए । ‘छोराले सानैदेखि राम्रो पढेर अहिले एसएचएसएटीमा पनि सफलता हासिल गरेको देख्दा निकै खुसी लागेको छ,’ विराजले भने, ‘बच्चाहरुकै लागि भनेर दुख गर्नेहरुले छोराछोरीको यस्तो सफलता देख्न पाउँदा आनन्दित महसुस भइरहेको छ ।’
‘छोराछोरीको प्रगतिमै बाआमाको खुसी लुकेको हुन्छ । छोरा छोरीलाई हामीले पढाइमा कहिले प्रेसर दिएनौ मात्र राम्रो वातावरण दिने कोसिस ग¥यो सायद यसैको नतिजा होला यो,’ सलजको आमा संगीता उप्रेतीले भनिन्, ‘यो त सुरुवात मात्र हो मेहनेत त अब उनीहरुले गर्नु बाकीनै छ ‘ ।
टासीछिरिङ शेर्पा
ब्रुकलिनस्थित आइएसथ्रिएटिन विद्यालयमा कक्षा ८ मा अध्ययन गरिरहेको टासी छिरिङ शेर्पाले पनि एसएचएसएटी जाँचमा उत्कृष्ठ अंक ल्याएर ब्रान्स साइन्स हाइस्कुलमा पढ्ने अवसर पाएका छन् । सोलुखुम्बुका छेवाङ शेर्पा र किन्जी शेर्पाको १४ वर्षीय टासी सानैदेखि अध्ययनमा उतिकै मेहनती भएकोले यो सफलता मिलेको अभिभावकहरु बताउछन् ।
उनी पढाइको अतिरिक्त चेस खेलाडीको रूपमा चिनिँदै आएका छन् । गणित र कम्प्युटरमा बढी रुचि राख्ने उनी पढाइमा निकै महेनेत गदै आए अनुसार स्कुलमा राम्रो उपलब्धि हासिल गर्दै आएको अभिभावक बताउँछन् ।
‘छोराको मेहनतअनुसार पाएको यो उपलब्धिले खुसी लागेको छ,’ टासीको बुबा छेवाङ शेर्पा भन्छन्, ‘अब भविष्यमा के बन्छ त्यो उसको मेहनतमा भर पर्छ ।’ शेर्पा समुदायबाट यसअघि पनि स्टाभेसन र ब्राङस साइन्स हाइस्कुलमा दर्जनौँ बढी विद्यार्थीहरुले अध्ययन गरिसकेका छन् ।
स्टाभेसन र ब्रान्स साइन्स हाइस्कुलपछि द ब्रुकलिन लाइटिङ स्कुलमा पढ्न थालेका छन् ।
सुखद मान घले
न्युयोर्कका क्विन्सस्थित सनीसाइडको आइएस ट्वन्टी फाइभ विद्यालयमा कक्षा ८ मा अध्ययन गरिरहेका सुखद मान घलेले पनि एसएचएसएटि जाँचमा राम्रो अंक ल्याएर ‘द ब्रुकलिन ल्याटिन ’ स्कुलमा पढ्ने अवसर पाएका छन् ।
नेपालमा लमजुङ जिल्ला निवासी स्व खमेन्द्रमान घले र दुर्गा घलेको छोरा हुन् । बुबा बितेपछि उनी आमासँगै अध्ययन गर्दै आएका छन् । सानैदेखि अध्ययनमा राम्रो भएकोले यो सफलता मिलेको उनका छिमेकी टेक गुरुङले बताए । छिमेकी गुरुङका अनुसार आमाले निकै संघर्षको साथ छोरालाई पढाएर यो सफलता मिलेको हो ।
सुखदमानको आमा दुर्गा गुरुङ पनि छोराले पडाइमा नसोचेको सफलता हासिल गदै आएकोमा निकै खुसी देखिन्छन । सानैदेखिन पढाईमा निकै रुचि राख्दै आएका सुखदमानले आफनो पडाइमै बढि केन्दि्रत राख्दै आएको यो उपलब्धि हात पारेको उनी बताउछीन । ‘ मेरो खुसी भनेकै छोराको सफलतामा हो ‘ दुर्गा घलेले भने’ उनले अझै मेहेनत गरेमा सोचेको व्यक्ति बन्ला भन्ने ठुलो आशा लिएकी छु’ ।
पासाङ छुटेन शेर्पा
१३ वर्षीय पासाङ छुटेन शेर्पाले न्युयोर्कको क्विन्सस्थित सनीसाइडको आइएस ट्वन्टी फाइभमा विद्यालयमा कक्षा ८ मा अध्ययन गर्दा एसएचएसएटी परीक्षामा राम्रो अंक ल्याएर द ब्रुकलिन ल्याटिन स्कुलमा अध्ययन गर्ने अवसर पाएकी छन् ।
उनी सोलुखुम्बु चौरिखर्क निवासी ल्हाक्पा जाङबु शेर्पा र पासाङ याङजी शेर्पाको कान्छी छोरी हन् । नेपालमा जन्मेर कक्षा १ देखि पढ्दै आएकी पासाङले विज्ञान र गणितमा राम्रो अंक ल्याउँदै आएको अभिभावकहरु बताउछन् ।
‘पढाइमा रुचि राख्ने उनको मेहनतअनुसार राम्रो अंक ल्याएर पास गरेकोमा हामीहरु खुसी छौ,’ अभिभावक ल्हाक्पा जाङबु शेर्पाले बताए । ल्हाकपा जाङबु न्युयोर्कमा कलाकारितासँगै डिजे पेसामा आबद्ध छन् । पासाङ पढाइको अतिरिक्त फ्रेन्च भाषामा दख्खल रहेको उनले बताए ।
प्रिन्स ब्रुकलिन ल्याटिनमा र जेम्सले पाए टिक फेलोसिप
रिजउडस्थित आइएस नाइन्टीथ्रीमा पढ्दापढ्दै प्रिन्स कर्माचार्यले एसएचएटी परिक्षामा राम्रो अंक ल्याएर ब्रुकलिन ल्याटिनमा हाइस्कुलमा पढ्ने अवसर पाए । उक्त विद्यालयबाट लगभग ५ सय विद्यार्थीमध्ये ४ जनाले मात्र ल्याटिन हाइस्कुल जाने मौका पाए । जसमा प्रिन्स एक्ला नेपाली थिए ।
अहिले प्रिन्स ११ कक्षामा अध्ययरत छन् । काठमाडौंको कालीमाटी कुलेश्वर निवासी राजन कर्माचार्य र सरिता कर्मचार्यको जेठा छोरा हुन् प्रिन्स । राजनकै कान्छा छोरा १३ बर्षीय जेम्स कर्माचार्यले आइएस नाइन्टीथ्रीमा अध्ययन गर्दा गर्दै गत बर्ष टिक फेलोसिप पाए । यो फेलोसिप न्युयोर्कमा ६ कक्षामा अध्ययनरत विद्यार्थीले पाउने फेलोसिप हो । यसको लागि सबै विषयमा ९० प्रतिशत नाघेकोले मात्र आवेदन दिन पाइन्छ ।
न्युयोर्कभरबाट ७ सय विद्यार्थीमा ३० जनाले टिक फेलोसिपका लागि प्रतिस्प्रर्धा गरेकोमा गत बर्ष नेपाली विद्यार्थीमा जेम्समात्र छानिए । यो फेलोसिप ४ लाख ५० हजार डलर राशी बराबरको हो । उनका अनुसार ९ कक्षाबाट प्राइभेट स्कुलमा र त्यसपछि प्राइभेट कलेजमा ब्याचलरसम्मको सबै खर्च फेलोसिपबाटै व्यवस्था गर्ने भएको छ । नेपालमा जन्मेका प्रिन्स र जेम्स काठमाडांैस्थित सानेपामा रहेको शुभतारा स्कुलमा अध्ययन गर्दै ४ बर्षअघि अमेरिका आएका थिए ।
स्कुलमा जहिले पनि पहिलो र दोस्रो भइरहने उनीहरुको पढाई राम्रो भएकोले यो सफलता मिलेको अभिभावक कर्माचार्यले बताए । ‘छोराहरुको सफलताले हामी त निकै भाग्यामानी ठानेको छु,’ राजनले भने, ‘पैसाले किन्न नसकिने यो उपलब्धि हामीले भगवानको उपाहार ठानेको छु ।’ सानैदेखि मेहनत गर्दै आएकाले उनीहरुले अझै राम्रो गर्छन् भन्ने आश लिएको उनले बताए ।
के भन्छन् अभिभावक ?
अध्ययनको वातावरणले नतिजा राम्रो: अच्युत सिग्देल
स्टाभेसनमा दुई वर्षअघि पढ्न गएका शाश्वत सिग्देलका बुबा अच्युत सिग्देलका अनुसार एसएचएसएटी जाँच दिएर त्यहाँ पढ्ने अवसर पाएका विद्यार्थीहरुले धेरै राम्रो अवसर पाउन थालेको अनुभव गर्छन् । ‘पढ्ने विद्यार्थीहरुको पुरै माहोल भएकोले त्यहाँ अध्ययन गर्न अवसर पाउनेहरूले धेरै कुराहरू सिक्नका साथै जान्ने हुने भएकोले उनीहरु त्यहाँबाट विशेषज्ञ हुने सम्भावना देखिन्छ,’ अच्युतले भने, ‘स्टाभेसन्ट र ब्रान्स साइन्स जस्ता उत्कृष्ट हाइस्कुलमा पढाउने अभिभावक र विद्यार्थीहरुले मेहनत भने गर्नै पर्छ ।’ उनले आफ्नो छोरालाई त्यहाँ पढाउन प्रशस्तै समय दिनुको साथै फ्रोडमको समर ट्युसन र अध्ययनको लागि राम्रो वातावरण दिएको बताउँछन् ।
अभिभावकको पनि मेहनत छ: मिंगमार शेर्पा
३ वर्षअघि स्टाभेसन हाइस्कुलमा मिंगमार शेर्पा र नेदेन डोगांला शेर्पाकी छोरी दिक्कीला डोगांला शेर्पा Russell Sage Junior High School Forest Hills बाट ८ कक्षामा पढ्दै परीक्षा दिएर Stuyvesant High School गएकी हुन् । स्टाभेसनको अनर कक्षामा पनि ९५ प्रतिशत बढी अंक लिएर पढ्दै छिन् उनी । न्युयोर्कको पहिलो स्कुलमा पढाउँदाको अनुभव फरक रहेको मिङमाले बताए । सानैदेखि गणित र अंग्रेजी राम्रो भएकोले पनि ट्युसन नदिएर पनि यो सफलता हासिल गदै आएको हो । ‘कमै नेपाली विद्यार्थी पुग्ने ठाउँमा पढाउन सकेमा धेरै राम्रो हुँदो रहेछ त्यसका लागि विद्यार्थीसँगै अभिभावकले पनि उतिकै मेहनत गर्नु पर्ने रहेछ,’ दिकीलाका बुबा मिङमाले भने । उनका अनुसार ७५ प्रतिशत एसियन राम्रो विद्यार्थीहरुले परीक्षामा पास गरेर पढ्न पाइरहेका छन् ।
सन्तानलाई समय र साथ आवश्यक: शैलेश श्रेष्ठ
४ वर्षअघि सुयाशा श्रेष्ठ वान फोर्टिवान एस्टोरियाको मिडल स्कुलमा पढ्दा पढ्दै एसएचएटी जाँच दिएर ब्रान्स साइन्समा पढ्न पुगेका थिए । उनी अहिले न्युयोर्क युनिभर्सिटीबाट कम्पुटर साइन्समा ग्राजुयट पनि गरिसकेकी छिन् । उनका पिता शैलेशका अनुसार न्युयोर्कका स्पेसालाइज हाइस्कुलमा पुगिसकेपछि विद्यार्थीले कहाँ र कसरी भविष्य बनाउने भन्ने त्यही निर्धारण हुने भएकोले त्यो राम्रो उपाय रहेछ । ‘हामी अभिभावकहरूले छोराछोरीको लागि समय त्याग गर्नु पहिलो प्राथमिकतामा राख्नु पर्छ,’ श्रेष्ठले भने, ‘आफ्नो अनुभव सुनाउनु पर्दा हामीले छोरीकै लागि भनेर सस्तो अपार्टमेन्ट र सर्वसुलभको एस्टोरियाको सुविधा छोडेर ब्रान्सतिर महाङगो र सबैले भन्दै आएको असुरक्षित ठाउँमा गयौ ।’ त्यहाँ पुगेर पनि प्यारेन्ट टिचर एसोसिएसनमा सदस्य भएर नियमित रूपमा छोरीको हेरचाह गरेर छोरीले यो सफलता हात पारेको उनी बताउँछन् । ‘हामीले छोराछोरीलाई पढायौ भनेर मात्र हुँदैन नियमित रूपमा शिक्षकहरूसँग छोराछोरीबारे सल्लाह गरेर उनीहरूलाई साथ दिनुपर्छ ।
के हो SHSAT परीक्षा?
न्युयोर्कमा स्पेसलाइज स्कुलमा अध्ययन गर्नका लागि विद्यार्थीहरुले कक्षा ८ मा पढ्दै गर्दा परीक्षा दिनु पर्छ । त्यही परीक्षालाई एसएचएसएटी भनिन्छ । सिटिवाइड हाइस्कुलको लागि राम्रो अंक ल्याउनु पर्छ । न्युयोर्कमा उत्कृष्ट विद्यालयहरूमा स्टाभेसन्ट, स्टाटेन आइल्यान्ड, ब्रान्स हाइस्कुल अफ साइन्स, फक्सक्रप्ट एकेडेमी, टवासेन्ड हरिस हाइस्कुल, ग्रेटनेक साउथ हाइस्कुल, जेरुचु सिनियर हाइस्कुल, स्कार्सडेल सिनियर हाइस्कुल आदि पर्छ ।