९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

तराईका जिल्लामा भीषण हुरीका कारण ३० बढीको मृत्यु, कैयौं घाइते


१७ चैत्र २०७५, आइतबार  

0
Shares

तराईका विभिन्न जिल्लामा आइतबार साँझ आएको भीषण हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको छ ।

हावाहुरीका कारण ज्यान गुमाउनेहरुको यकिन संख्या खुलिसकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट गर्दै हालसम्म २५ जनाको ज्यान गएको र करीब ४०० घाइते भएको जानकारी दिएका छन् ।


प्रधानमन्त्री ओलीले मौसमले साथ दिएमा राति नै नाइट भिजन हेलिकप्टर पठाउने बताएका छन् ।

यात्रुबाहक बसहरुसमेत हुरीका कारण दुर्घटनामा परेको बताइएको छ । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । घाइतेहरुको गण्डक अस्पताल र नारायणी अस्पतालमा उपचार भइरहेको उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ११ : ५० बजे