७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

न्युयोर्कमा मिथिला चिनाउने महोत्सव


Ang

२६ चैत्र २०७५, मंगलबार  

0
Shares

अमेरिकामा मिथिला कला र सस्कृतिको प्रर्वद्धनका लागी संयुक्त राष्ट्रसंघमा मिथिला महोत्सवको आयोजना गरियो । महोत्सवमा करिब ३ दर्जन मिथिला चिनाउने कलाकृतिहरु प्रर्दशनीमा राखिएको थियो । उक्त महोत्सवको उदघाटन संयुक्त राष्ट्र संघका लागी नेपालका स्थायी प्रतिनिधि अमृत कुमार राई र जनकपुर उपमहानगर पालिकाका मेयर लाल किशोर साहले संयुक्त रुपमा उदघाटन गरिएको थियो । महोत्सव नेपाल मिसन र मिथिला आर्ट सेन्टरले गरेका थिए ।


महोत्सवमा जनकपुर वमुेन डेप्लप्टमेन्ट सेन्टरका महिला कलाकाहरुहरुको १७ वटा कलाकृति राखिएको थियो भने चर्चित मिथिलाका कलाकार अजित साहको विभिन्न १३ कलाकृतिहरु प्रर्दशनीमा राखिएको थियो । प्रर्दशनी आगामी सुक्रबारसम्म हुने भएको छ । महोत्सवमा राखिएका प्राय कलाकृतिहरु संयुक्त राष्ट्र संघको दिर्घाकालिन विकास लक्ष्य  ( sustainable development goals ) संग सम्बन्धीत थिए ।
कार्यक्रममा राष्ट्रसंघका लागी नेपालका स्थायी प्रतिनिधि अमृत कुमार राईले मिथिलाको धनी कला सस्कृतिलाई विश्व माझ चिनाउन पाउदा खुसी लागेको बताएका थिए ।

त्यस्तै जनकपुर उपमहानगरपालिका मेयर लाल किशोर साहले मिथिलाको कलाकृतिसंगै जनकपुरको धार्मिक र सस्कृतिक महत्वको बारेमा राष्ट्र संघमा प्रर्वद्धन भएकोमा खुसी व्यक्त गरेका थिए । मिथिलाको कलासस्कृतिसंगै आगामी पर्यटन बर्षमा जनकपुरको धार्मिक र सस्कृतिक महत्वको प्रर्वद्धनका लागी आयोजना महोत्सव आयोजना भएको मिथिला कला सेन्टरका अमित साहले बताए । मिथिला कला सस्कृति र जनकपुरको प्रर्वद्धनको लागी नेपाली महाबाणिज्यदुताबास र नेपाली अमेरिकन फाउण्डेसन नामक सस्थाले पनि यही सुक्रबार अपि्रल १२ तारिखको दिन म्यानहृटनमा मिथिला कला र सास्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको महाबाणिज्यदुताबासले जनाएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ९ : ४२ बजे