११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

न्युयोर्कमा मे १९ मा नेपाल डे परेड हुने


Ang

१ बैशाख २०७६, आइतबार  

0
Shares

अमेरिकाको न्युयोर्क शहरमा नेपालीहरुको पहिचान र गौरवको रुपमा न्युयोर्कमा हुदै आएको नेपाल डे परेड यही मे महिनाको १९ तारिख म्यानहृटनमा हुने भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको गणतन्त्र दिवस, बुद्ध जयन्ती र माउन्ट एभरेष्ट डे को अवसर पारेर न्युयोर्कमा नेपाल डे परेड हुदै आएको छ । यस पटक पनि परेड गर्नका लागी नेपाल परेड डे इन्कले शनिबार समुदायका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरि परेडको निम्ति स्टेरिङ समिति र कन्भेनर तोकेका छन । ज्याक्सनहाइटस्थित स्थानीय थकाली किचन रेष्टुरेन्टमा सम्पन्न उक्त बैठकमा ३ दर्जन भन्द बढि सहाभागीहरुको उपस्थिति थिए । उनीहरु मध्येबाट २९ जना स्टेरिङ कमिटिका सदस्यसंगै र कन्भेनरमा पुर्व कोकन्भेनर सतेन्द्र शाहलाई यस पटक कन्भेनरको रुपमा छानिएका छ । बैठक नेपाल डे परेडको पुर्व कन्भेनर रविकिरण कोइरालाले टाउनहल बैठकको लागी एक हप्ता अघिनै सार्वजनिक सुचना जारी गरि बोलाएका थिए ।

टाउनहल बैठकमा स्टेरिङ कमिटि चयनसंगै यस पटकको नेपाल डे परेड कार्यक्रम सफल बनाउन केही नेपाली संस्थाका प्रतिनिधिहरुसग जन सम्पर्क तथा सहजीकरण समितिले चाडै छलफल गरिने भएको छ । समितिमा पत्रकारहरु आङछिरिङ शेर्पा,किरण मरहट्टसंगै सस्थाका प्रतिनिधिहरु मिलन शाही, प्रभात सापकोटा, विजय सिम्खडा, सृजना स्याङतेन र विनिता तामाङ तामाङ रहेका छन । ३८ जना सहाभागी टाउनहल बैठकमा नेपाल डे परेडलाई निरन्तरता दिनका लागी चाडै बोर्ड गठन गर्ने बारेमा सबैको सहमति भएको थियो । ‘ नेपाल र नेपालीको गौरवको कार्यक्रम नेपाल डे परेड कार्यक्रम गर्ने बारेमा कसैले पनि चासो नदिएपछि हामीले टाउनहल मिटिङ बोलाएका हौ’ पुर्व कन्भेनर कोइरालाले भने—’ प्रवासमा मातृभुमी नेपाल र नेपालीको हितमा हुने यो कार्यक्रम गर्ने बारेमा कसैले पनि विवाद गर्नु हुदैन ‘ । कोइराला रिज्युउड नेपाली सोसाइटीका निवर्तमान अध्यक्ष एवं नेपाल डे परेडका कोकन्भेरन हुन ।

प्रकाशित मिति : १ बैशाख २०७६, आइतबार  १० : ३७ बजे