काठमाडौं । साेलुखुम्बुकाे लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा आज बिहान ९ बजेर ६ मिनेटमा रामेछाप आउँदै गरेको समिट एयरको जहाज दुर्घटना भयो ।
समिट एयरको 9N-AMH कलसाइनको एलइटी एल-४१० ट्विन इन्जिन विमान आइतबार मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भयो ।
दुर्घटनामा जहाजका कोपाइलट सुजित ढुंगाना र विमानस्थलमा कार्यरत पर्यटक प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भयो ।