१८ कार्तिक २०८१, आइतबार | Sun Nov 3 2024

अमेरिकामा निर्मित नेपाली चलचित्र संयोगको प्रिमियर शो सम्पन्न


१६ बैशाख २०७६, सोमबार  

0
Shares

न्युयोर्क । अमेरिकामा निर्माण भएको नेपाली चलचित्र संयोगको प्रिमियर शो सम्पन्न भएको छ । अप्रिल २७ तारिखका दिन दिन न्युयोर्कको ज्याक्सन हाइट्स्स्थित शेर्पा केदुगको हलमा भएको प्रिमियर शो न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत पुष्पराज भट्टराईले आरम्भ गरेका थिए ।

प्रिमियर दुई शो प्रदर्शन गरिएको थियो । प्रदर्शनमा उपस्थितलाई कलाकारका तर्फबाट गीता खत्रीले आभार प्रकट गरिन् । उक्त अवसरमा सबै कलाकारहरुलाई प्रशंसापत्र प्रदान गरियो ।

महाबाणिज्यदूत भट्टराईले विदेशमा बसेर आफ्नो कामका तल्लीन हुंँदाहुदैपनि नेपाली चलचित्रको निर्माण गर्न भ्याउनु आफैमा ठूलो सफलता भएको धारणा राखे ।

चलचित्रमा अभिनय गर्ने कलाकारहरु न्युयोर्क र पेन्सिलभानिया स्टेटका बासिन्दा हुन् । नारीको त्याग र बलिदानबाट पारिवारिक सुख सम्बृद्धि प्राप्त गर्न सकिन्छ भन्ने सन्देश चलचित्रमा रहेको छ । साहित्यकार गीता खत्रीको कथा र निर्माणमा हालै बनेको चलचित्र ओम कर्माचार्यको छायांकन, निर्देशन र सम्पादनमा बनेको हो  । शेर्पा किदुगको हलमा प्रर्दशन गरिएको चलचित्रमा कलाकारहरू कृष थापा, अम्बिका ज्ञवाली, अनु खड्काको साथमा कुन्ती थापा, ज्योति कुमार श्रेष्ठ, राम खत्री, माधव शर्मा, बालकलाकार आज्ञा ज्ञवाली लगायतका कलाकारहरूको भूमिका रहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ९ : ३३ बजे