२४ असार २०८२, मंगलबार | Wed Jul 9 2025

सत्यमोहन जोशीको सम्मानमा वैशाख ३० मा ललितपुरमा सार्वजनिक बिदा


१९ बैशाख २०७६, बिहिबार  

0
Shares

काठमाडौँ । ललितपुर महानगरपालिकाले संस्कृतिविद् सत्यमोहन जोशीको सम्मानमा वैशाख ३० गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जोशी ९९ पूरा पुगेर १०० वर्ष लागेको दिन वैशाख ३० गते उनको सम्मानमा सार्वजनिक बिदा दिने जानकारी दिएका हुन्।

महानगरपालिका अन्तर्गतका सबै कार्यालयमा उनको सम्मानमा सार्वजनिक विदा हुनेछ।

महानगरपालिकाले उनको सम्मानमा पाठयपुस्तकमा जीवनी समावेश गर्ने, तस्बिरअंकित चाँदीका मुद्रा निष्कासन र हुलाक टिकट प्रकाशन गर्ने, नगरभित्रका पार्कमा उनको प्रतिमा राख्नेलगायत २२ कार्यक्रम पनि सार्वजनिक गरेको छ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार  १० : ४२ बजे