६ बैशाख २०८३, आइतबार | Mon Apr 20 2026

लिलाम- कविता


१९ बैशाख २०७६, बिहिबार  

0
Shares

एनबी दाहाल

आफुलाई लिलाम गरेर पाने हेरें
भाउ एक रुपैयाँ राखेर पनि हेरें
बजार फेरि फेरि बेचेर पनि हेरें
बोली लगाउने कतै नभेटेपछि
आफ्नै गोदाममा थन्काएर हेरें

विकाउन जान्ने व्यापारी थिएन
मोल घटाउने पनि ठाउँ नै थिएन
धेरै सस्तो लागेर होला
एउटा बोली लगाउने मान्छे थिएन

कवाडीको पसलमा सोध्न गएँ
कवाडीको गोदाममा ठाउँ थिएन
सायद जसलाई खाँचो थियो मेरो
उसलाई मेरो मोल थाह भएन

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहिबार  १० : ४६ बजे