ड्यालस । नेपाल अमेरिका पत्रकार संघ (नेजा) को १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । टेक्सासको ड्यालसमा मे ४ र ५ तारिखमा सम्पन्न साधारणसभाले नेजाको सांगठनिक र आर्थिक वार्षिक प्रतिवेदन पारित गर्नुका साथै विधान संशोधन गरेको छ ।
साधारण सभाको बन्द सत्रमा महासचिव किरण मरहट्ठा र कोषाध्यक्ष मच्छेदेवी गुरुङले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतले पारित भयो । साधारण सभाले आवश्यक्ता अनुसार विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका विज्ञहरूलाई संस्थाको सल्लाहकार नियुक्त गर्न सक्ने प्रावधान विधानमा थप गर्ने निर्णय गरेको छ ।
साधारण सभामा उपस्थित अधिकांश सदस्यहरूले संस्थालाई बलियो बनाउन समेट्न नसकेकालाई सँगै लिएर लैजानुपर्नेमा जोड दिए ।
साधारणसभाको उद्घाटन भव्य समारोहबीच पञ्चकन्याले द्वीप प्रज्वलन गरेर गरेका थिए । त्यस अवसरमा अतिथिलगायत नेपाली समुदायका अग्रजहरूले पत्रकारिता सदैव समुदायको हितका लागि हुनुपर्नेमा जोड दिए ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका पूर्व सभापतिसमेत रहेका वरिष्ठ पत्रकार किशोर नेपालले पत्रकारिता अरूले अपेक्षा गरे अनुसार निष्पक्ष हुनै नसक्ने उल्लेख गर्दै यसले जनताको पक्षमा निरन्तर पहरेदारी गर्ने स्पष्ट पारे । पत्रकार नेपालले, पत्रकारहरूतर्फ इंगित गर्दै सञ्चारकर्मी जहाँ रहेपनि पत्रकारिताको धर्म र संस्कृतिको ख्याल गर्ने छ भन्ने आशा लिएको बताए ।
पाँच दशकदेखि निरन्तर पत्रकारितामा संलग्न नेपालले पत्रकार महासंघले पेशागत हितको पक्षमा वकालत गनुर्पर्नेमा जोड दिए । ‘पत्रकार महासंघ र प्रेस काउन्सिल एउटै जस्तो देखिन थालेको उल्लेख गर्दै उहाँले सबै मिलेर महासंघलाई घच्घच्याउन जरुरी भैसकेको तर्क गरे ।
पछिल्लो समयमा नेपालमा प्रेस स्वतन्त्रतामाथि अंकुश लाग्ने संकेत देखिएको बताउँदै स्वतन्त्रताको भूमि अमेरिकामा बसेका नेपाली पत्रकारहरुलाई स्वतन्त्रताको लागि सहयोग गर्न समेत आग्रह गरे ।
सोही अवसरमा गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका क्षेत्रीय संयोजक गौरीराज जोशीले अमेरिकाको नेपाली समुदायलाई चेतना जगाउने, सुसूचित गर्ने काममा सञ्चारकर्मीहरूले सहयोग गर्दै आएको बताए । नेजाले गरिरहेको कार्यलाई प्रोत्साहन गर्नका लागि आफूले पनि सहयोग गर्दै आएको जोशीको भनाए छ ।
कार्यक्रममा अमेरिकाको मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले अमेरिकामा आएका हरेक व्यक्तिका आ—आफ्नै कथाहरू रहेको उल्लेख गर्दै सबैले यो अवसरको भूमिको उपयोग गरेर अघि बढ्न आग्रह गरे । ‘१४ वर्ष अघि ग्याँस स्टेसनमा काम गर्दै गर्दा मैले यो अवस्थामा आइपुगौँला भनेर शायदै सोचेको थिएँ, तर यो भूमिले मलाई अवसर दियो । भण्डारीले भने, म जस्तै आँट गर्ने सबैलाई अमेरिकाले समान अवसर दिन्छ ।
नेजाका उपाध्यक्ष विकासराज न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेजाका सल्लाहकार तारा बराल ,एनआरएनका सल्लाहकार हरिबोल भण्डारी, शैलेशराज आचार्य, नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, नेप्लिज अमेरिकन चेम्बरका अध्यक्ष मनोज सिग्देल, नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र बोर्ड अफ ट्रष्टीका विनय अर्याल लगायतले शूभकामना व्यक्त गरेका थिए ।
नेजा अध्यक्ष सुदीप पन्तको सभापतित्व, महासचिव किरण मरहठ्रठाको सञ्चालन गरेको कार्यक्रममा सचिव सुरज भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए । अध्यक्ष पन्तले नेजाले समुदायको राम्रा कामलाई बाहिर ल्याएर समुदायलाई सहयोग गर्दै आएको बताउँदै नेजा र समुदायबीचको सम्त्रन्मा अझ बदियो सुमधुर बनाउनुपर्ने बताए । संस्थालाई अझ बलियो बनाएर लैजानको लागि आफुसहित सम्पूर्ण टिम लागेको भन्दै उनले सबै कार्यकारी सदस्यहरुलाई धन्यवाद दिए ।
साधारण सभामा अमेरिकाको पूर्व बोस्टन, न्यूयोर्कदेखि पश्चिमको लस एन्जलस, सानफ्रान्सिस्को, कोलोराडो लगायत विभिन्न राज्यबाट पत्रकारहरू पुगेका थिए ।
नेजा सामुदाियक पत्रकारिता पुरस्कार पत्रकार शर्मालाई
नेजा सामुदाियक पत्रकारिता पुरस्कार पत्रकार शिव शर्मालाई प्रदान गरिएको हो । शर्माको अमेरिकामा ग्याँस स्टोरमा जोखिम, बनदुकको निशानामा नेपाली शीर्षकको फिचरले पुरस्कार प्राप्त गरेको हो । टेक्ससको आमा फाउन्डेसनको सहकार्यमा नेपाल अमेरिका पत्रकार संघ९ नेजा० ले वितरण गर्दै आएको नेजा पत्रकारिता पुरस्कार नेजाका अध्यक्ष सुदिपराज पन्त तथा गौरी जोशीले संयुक्त रूपमा प्रदान गरेको थिए । पत्रकार शर्मालाई १ हजार १ सय ११ अमेरिका डलर सहित, दोसल्ला तथा सम्मानपत्र प्रदान गरिएको छ । यसैबीच, पुरस्कार स्थापनामा सहयोग पुर्याएका आमा फाउणडेशनका संस्थापक गौरीराज जोशीलाई सम्मान गरिएको थियो ।
छात्रवृत्ति कोषको स्थापना
नेपाल अमेरिका पत्रकार संघले उत्तर अमेरिकामा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विधार्थीका लागि छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ । टेक्ससका व्यवसायी यमुना भट्टराईको सहयोगमा छात्रवृत्ति कोष स्थापना गरिएको हो । कोष लागि भट्टराईले ३ हजार डलरको चेक नेजाका अध्यक्ष पन्तका हस्तान्तरण गरेका थिए ।
नेजाले एनआरएन निर्वाचनमा अध्यक्षका उमेदवारहरुबीच बहस कार्यकम सम्पन्न गरेको छ । अध्यक्षका प्रत्यासीहरु सुनिल शाह, सूर्य लम्साल, र सञ्जय थापाबीच बहस कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा अन्य विभिन्न पदका उमेद्वारहरु, स्थानीय समुदायका अगुवाहरू सहभागी थिए ।