११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

न्युयोर्कमा जुनको २ तारिख एभरेष्ट डे मनाउदै


Ang

१६ जेष्ठ २०७६, बिहिबार  

0
Shares

सर्वोच्च शिखर सगरमाथामा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पाइला राखेको ऐतिहासिक दिनको अवसर पारेर युएस नेपाल क्लाइबर्स एसोसियसनले नेपाली कन्सुलेटको सहकार्य जुनको २ तारिख ज्याक्सनहाइटको डाइभर्सिटि प्लाजामा एभरेष्ट डे कार्यक्रम मनाउने भएको छ ।

‘ विगत झै यस पटक पनि न्युयोर्कमा भव्यताका साथ एभरेष्ट डे कार्यक्रम मनाउने हाम्रो तयारी पुरा भएको छ ‘ युएस नेपाल क्लाइबर्स एसोसियसनका महासचिव मिङमार लामाले भने -‘ यस पटक ज्याक्सनहाइटको मुटु मानिने डाइभर्सिटि प्लाजामा विहान ११ बजेदेखि वेलुकी ६ बजेसम्म विविध सांस्कृतिक कार्यक्रमको साथ एभरेष्ट डे मनाउने योजना बनाएका छौ’ । कार्यक्रममा न्युयोर्कमा रहेका सवै संघसस्थाहरुको सहाभागीता हुने भएको महासचिव लामाले बताए । एसोसियसनले हरेक वर्षको मे २९ तारिखमा पर्ने एभरेष्ट डेको अवसर पारेर न्युयोर्कमा यस अघि वाल क्लाइम्बिङ प्रतियोगिता, संयुक्त राष्ट्रसंघमा तस्विर प्रर्दशनसंगै यस पटक डाइभर्सिटि प्लाजामा विविध सास्कृतिक कार्यक्रमको साथ एभरेष्ट डे कार्यक्रम आयोजना गर्न लागेको हो ।
कार्यक्रममा ख्याती प्राप्त कलाकारहरु देण्डी शेर्पा, फरा देण्डी लामा, जगदीस समाल, श्याम नेपाली, आङ गेलु शेर्पाको साथमा मेलो अनेलो र नेपाली ब्याण्डको गीतहरु प्रस्तुत हुने भएको छ । उक्त कार्यक्रममा डोल्मा शेर्पा र सेवि ससरले उदघोषण गर्ने भएको छ ।

 

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहिबार  ३ : २३ बजे