सगरमाथामा पहिलो राख्ने तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पाइला राखेको ऐतिहासिक दिन मे २९ लाई नेपाल सरकारले एभरेष्ट डे सगरमाथा दिवसको रुपमा हरेक बर्ष मनाउदै आएको छ । यसै अवसरमा न्युयोर्कमा शेर्पा किदुग र युएस नेपाल क्लाइबर्स एसोसियसनका पदाधिकारीहरुले सगरमाथा आरोहण क्रममा जीवन गुमाउने आरोहीहरुको सम्झनामा किदुगको गुम्बामा जम्मा भएर बत्ति बालेका थिए ।
धार्मिक व्यक्तिहरुको उपस्थितिमा मन्त्रपाठसंगै आरोहीहरुको सम्झनामा बत्ति बाल्ने कार्यक्रमको आयोजना शेर्पा किदुगले गरेका थिए भने बत्तिको सहयोग युएस नेपालले गरेका थिए । कार्यक्रममा किदुग र युएस नेपाल क्लाइबर्स एसोसियसनका पदाधिकारीहरुको साथै रिग्सुङ लोप्टाका विद्यार्थीहरुको उपस्थिति रहेका थिए । एसोसियसनले एभरेष्ट डे को अवसरमा पारेर जुनको २ तारिख डाइभर्सिटि प्लाजामा बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म भव्यताका साथ एभरेष्ट डे मनाउने भएको छ ।