सन् फ्रान्सिस्को । युएस नेपाल पोलिसी रिसर्च सेन्टरको नयाँ नेतृत्व चयन भएको छ । सेन्टरको चौथो वार्षिक सम्मेलन गत साता युनिभर्सिटी अफ क्यालिफोर्निया बर्क्लेमा सम्पन्न भएको हो ।
आगामी ३ वर्ष को लागि सर्वसम्मतिबाट डा. राजन पन्त अध्यक्षमा र डा. सुमन पराजुली कार्यकारी सचिवमा चयन भएका छन् । यसै गरी कार्यसमितिमा तरुण पौडेल, डा. देशराज संयोक्,डा .दीनबन्धु भट्ट,डा. ईश्वर श्रेष्ठ, जगदम्बा अधिकारी, सृष्टि भट्टराई,र डा. लेखनाथ अधिकारी चयन भएका छन् ।
अमेरिकामा रहेका नेपाली वैज्ञानिक, विज्ञ,र व्यावसायिक व्यक्तिहरू संलग्न संस्था युएस नेपाल पोलिसी रिसर्च सेन्टरले अमेरिकामा रहेका नेपाली र नेपालका सन्दर्भमा नीतिगत र प्राज्ञिक विषयहरूमा नेपाल र अमेरिकामा काम गर्ने गर्दछ । २०१५ मा स्थापित युएस नेपाल पोलिसी सेन्टरले सिकागो,भर्जिनिया,बोस्टन र सान फ्रान्सिस्को सहर मा विगतमा वार्षिक सम्मेलन गरेको थियो ।